सबै वस्तीमा सडक पुराउने झिरुक गाउंपालिकाको तयारी

बुटवल,माघ११।प्यूठानको झिमरुक गाउंपालिकाले सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएको छ। शिक्षालाई पहिलो प्राथमिकता दिएको झिमरुक गाउंपालिकाले हरेक वस्तीमा सडक विस्तार गर्ने भएको छ। गाउंपालिकाका ठूला सडकसंगै टोलटोलमा पुग्ने छोटा दुरीका सडक विस्तार गरिएको वडा सदस्य नवराज केसीले बताए।। वडा सदस्य केसीका अनुसार दुई तीन कुरिए भएको वस्तीमा पनि सडक पुराउने गरी काम भैरहेको छ। अधिकांस वस्तीहरुमा सडक पुराइएको बांकी रहेका केही वस्तीमा छिटो सडक पुराउने गरी झिमरुक गाउंपालिकाले बजेट विनियोजन गरेको छ। गाउंपालिका भित्रका धेरैजसो वस्तीहरुमा सडक पुगिसकेको र बांकी रहेका केही वस्तीमा सडक पुराउने काम भैरहेको गाउंपालिकाका अध्यक्ष तिलक जीसीले बताए।

झिमरुक गाउंपालिकाले गुल्मीको मदाने गाउंपालिका र अर्घाखांचीको मालारानी गाउंपालिकाको विभिन्न गाउंहरु जोड्ने गरी सडक विस्तार गरिसकेको छ। त्यस्तै प्यूठानकै गौमुखि गाउंपालिकाको नारिकोटसम्म झिमरक गाउंपालिकाको वजेटबाट सडक जोडिएको छ। झिमरुकको वडा नम्बर तीन बेवरबाट दारिमचौर हुंदै गौमुखि गाउंपालिकाको नारिकोट हुंदै गुल्मीको मदाने गाउंपालिकासम्म सडक विस्तार गर्ने योजना रहेको छ। वजेटको अभाव भएपनि स्थानीयको माग अनुसार सडक सञ्जाल विस्तार गर्ने काम नरोकिने झिमरुक गाउंपालिकाले बताएको छ।