बुटवल गोल्ड मार्टमा नया नेतृत्व

 

 

 

बुटवल गोल्ड मार्टमा नया नेतृत्व
बुटवल/बुटवल गोल्ड मार्ट प्रा.लि, बुटवलको पाचौं बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सर्वसम्मत नया नेतृतव चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । कोरोना गत पुष महिनामा मिति तोकिएको भएपनि संक्रमणका कारण स्थगित गरिएको थियो । स्वाश्थ्य मापदण्डको पालना गर्दै प्रतिनिधिमुलक उपश्थितिमा अधिवेशन सम्पन्न गरिएको प्रालिका अध्यक्ष दिपक कुमार विकले बताउनु भयो ।


अधिवेशनले मिलन सुनारको अध्यक्षतामा ११ सदस्यिय नया नेतृत्व सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत सुमन अधिकारीले जनाकारी गराउनु भयो । जसमा सञ्चालक सदस्यहरुमा ख्याम बहादुर विक, प्रेम बहादुर सुनार, चुरामणी विक(दिपक), सरोज कुमार गहतराज, कृष्ण बहादुर सुनार, इन्द्र बहादुर विक(मनोज), हरि बहादुर गहतराज, हर्ष बहादुर विक, रामलाल विश्वकर्मा र रामप्रसाद विश्वकर्मा निर्वाचित हुनु भएको छ । अधिवशेनको बन्द सत्रले गकुल विश्वकर्मालाई प्रालिको लेखा संयोजक राख्ने निर्णय पनि गरेको छ ।


नवनिर्वाचित सञ्चालक समितिलाई एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य एमवी विश्वकर्मा, रुपन्देहीका सचिव रेवन्त विक, निवर्तमान अध्यक्ष दिपक कुमार विक, बुटवल सुनचादी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, निर्वाचन अधिकृत सुमन अधिकारी, नवनिर्वाचित अध्यक्ष मिलन सुनार लगायत बोल्नु भएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादी व्यवसायीहरुका समस्याहरु धेरै रहेको र त्यसलाई समाधान गर्न व्यवसायीहरुको एकता जरुरी रहेको बताउनु भयो । उहाले सुन वितरणमा देखिएका समस्या समाधान गर्न र आपूर्तिमा राज्यले लिएको नितिबाट व्यहोर्नु परेको कठिनाईका बारेमा महासंघ सधै पहल गरिरहेको स्पष्ट पार्नु भयो ।


कार्यक्रम प्रालिका अध्यक्ष दिपक कुमार विकको अध्यक्षता तथा सञ्चालक सदस्य गकुल विकको सञ्चालनमा भएको थियो । बन्दसत्रमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मार्टका अध्यक्ष दिपक विश्वकर्माले सुनचाँदी ब्यवसायीलाई आवश्यक पर्ने कच्चा पदार्थ काँचोसुन प्रयाप्तमात्रामा उपलब्ध नहुदा निकै समस्या भोग्नु परेको उल्लेख गर्दै राज्यको अस्पष्ट नीति र सुनको आपुर्ती तथा वितरण कार्यविधि विभेदकारी र अपारदर्शी भएका कारण जिल्लाका सुनचाँदी ब्यवसायीले प्रर्याप्त मात्रमा सुन पाउन नसकेको गुनासो गर्नु भयो ।


बुटवल सुनचांँदी ब्यवसायी संघमा आवद्ध रहेका ब्यवसायीहरुको सहभागितामा २०७३ सालमा दिपक कुमार विश्वकर्माको नेतृत्वमा कम्पनी दर्ता गरी सरकारले कोटामा उपलब्ध गराउने सुनलाई ब्यवसायीहरुलाई चक्रिय प्रणालीमा वितरण गर्ने काम प्रालिले गर्दै आएको छ ।