लुम्बिनी प्रदेश सरकार परिवर्तन हुदैन – सञ्चारमन्त्री

बुटवल,माघ२०गते। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन्ु।रिपोर्टर्स क्लव लुम्बिनीले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको बताए।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ति सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको दावी गरे।
प्रतिगमनका बिरुद्व राष्ट्रिय आवश्यक्ताको आधारमा गठबन्धन बनेको बताउंदै उनले भने – कसैको चाहाना र इच्छा हुदैमा नत सरकार परिवर्तन हुन्छ नत गठबन्धन टुट्छ । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेका कारण संसद चल्न नसक्दा केयौ काममा अबरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए।निम्नतम् १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरु अगाडी बढाउने पक्षमा सरकार रहेको बताउंदै संसद सुचारु गर्ने मिति भने मन्त्री शर्माले बताएनन् ।
उनले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दावी गर्दै भने– जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने बताए । कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडी बढाएको बताउंदै ति योजनाहरु समयमा नै सम्पन्न गर्ने दावी गरे।
उहांले पूर्ववर्ती सरकारले अगाडी सारेका आयोजनाहरु अगाडी बढेको बताउंदै वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको बताए।लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रिय सरकारले १ अर्व बजेट दिएको बताउंदै स्थायी राजधानी बनाउने कामले गति लिएको बताए। । अहिल्यै राजधानी दाङ नजाने बताउंदै संसद भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भैरहेको मन्त्री शर्माको भनाइ छ ।
कोभिड संक्रमणका कारण विगतका वर्षहरुमा जस्तै यस वर्ष प्रदेश दिवस मनाउन नसकिएको उल्लेख गर्दै भर्चुवलको माध्यामबाट प्रदेश दिवस मनाउने तयारी भएको मन्त्री शर्माले बताए। रिपोर्टर्स क्लव लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।