रुपन्देही उद्योग संघमा अध्यक्ष परिषद गठन

संयोजकमा एजाज आलम

 

बुटवल/रुपन्देही उद्योग संघका पूर्व अध्यक्षहरुको भेलाले एजाज आलमको संयोजकत्वमा अध्यक्षीय परिषद २०७८–०८० गठन गरेको छ ।
संघका पूर्व अध्यक्ष प्रद्युम्नलाल श्रेष्ठको अध्यक्षता र वर्तमान अध्यक्ष माधव प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको भेलाबाट परिषद गठन गरिएको हो ।
गठित परिषदको सदस्यहरुमा संघका पूर्व अध्यक्षहरु पीएल श्रेष्ठ, डम्बरदेव अर्याल, वेनुराम प्रधान, श्याम बहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, तेजकुमार पाठक, वोनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, निर्वतमान अध्यक्ष बाबुराम बोहोरा रहनु भएको छ भने सदस्य सचिवमा वर्तमान अध्यक्ष माधव प्रसाद पौडेल रहनु भएको छ ।
सो अवसरमा बोल्दै संघ अध्यक्ष माधव प्रसाद पौडेलले संघले वदलिदो वर्तमान परिश्थितीमा आफना गतिविधि र कार्यक्रमहरुलाई सोही अनुसार परिमार्जन गरेर अगाडी बढ्नु पर्ने बाध्यता रहेको बताउनु भएको थियो ।
भेलामा बोल्दै संघका सल्लाहकार समितिका संयोजक तथा पूर्व अध्यक्ष दिनेशराज रेग्मीले नेतृत्वले उद्योग र उद्योगीहरुको समस्याको पहिचान गरि त्यसको समाधानका लागि आफुलाई सधै सक्रिय बनाउनु पर्ने आवस्था आएको प्रति सचेत गराउनु भएको थियो ।
संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोराले विगत २ बर्ष अघिदेखिको औद्योगिक बातावरणमा पारेको प्रभावा र त्यसले अर्थतन्त्रमा देखिएको असहजताप्रति संघले चासो दिएर संबन्धित निकायको ध्यानाकर्षण गराएको बताउनु भयो ।
संघका अर्का पूर्व अध्यक्ष तेजकुमार पाठकले संघको गौरवपूर्ण इतिहासलाई संरक्षण गर्दै वर्तमान समयमा उद्योगीहरुका चाहाना र आवश्यक्ताहरु परिपूर्तिका लागि सधै नेतृत्व प्रदान गर्ने काम पछाडी नपर्न सुझाव दिनु भयो । पूर्व अध्यक्ष बोनिन पिया र गणेश प्रसाद अधिकारीले पछिल्लो समयमा कोरानाका कारण उद्योग क्षेत्रमा पारेको असर र समस्याका बारेमा संघले खेल्नु पर्ने भूमिका सन्र्दभमा सुझाव दिनु भएको थियो ।
नर्वनिर्वाचित अध्यक्ष परिषदका संयोजक एजाज आलमले संघको हरेक गतिविधि र समस्याहरुमा एक भएर परिषद अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले संघको उन्नतीका लागि बनाएका योजना र कार्यक्रमलाई सफल बनाउने दायित्व आफ्नो पनि भएको भन्दै संघलाई सबैको साझा संस्था बनाउन सबैको भूमिका रहने बताउनु भयो ।
पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले लामो इतिहास बोकेको संस्थाको गरिमालाई उचो बनाई राख्न पूर्व अध्यक्षहरु र वर्तमान कार्य समिति एक भएर अगाडी बढनु पर्ने बताउनु भयो ।
संघका पूर्व अध्यक्ष पिएल श्रेष्ठले संघ स्थापनाको लक्ष्य प्राप्तीका निम्ति सोही अनुसारका गतिविधिलाई अगाडी बढाउन सुझाव दिनु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, द्वितिय अध्यक्ष जिवकान्त काफ्ले, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, सचिव बसन्त ढकाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, सचिवालय सदस्य जमुना सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी लगायतको उपश्थिति रहेको थियो ।