स्वर्गीय व्यवसायी रोकाको परिवारलाई व्यापार संघको सहयोग
बुटवल/रुपन्देही व्यापार संघले संघ अन्तरगत वस्तुगत व्याग उपसमितिका सचिव स्व. अनन्त रोकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । रुपन्देही व्यापार संघ र वस्तुगत व्याग उपसमितिको तर्फबाट १ लाख १५ हजार ४ सय ५० रुपैयां आर्थिक सहयोग गरिएको हो । वस्तुगत व्याग उपसमितिका सचिव अनन्त रोकाको गत माघ २६ गते ४५ वर्षको उमेरमा अप्रत्याशीत रुपमा निधन भएको थियो । रुपन्देही व्यापार संघ र वस्तुगत व्याग उपसमितिले शुक्रबार स्व.अनन्त रोकाको स्मृतिमा श्रदाञ्जली सभा गरी आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, वस्तुगत व्याग उपसमितिका अध्यक्ष माधव ज्ञवालीले स्व. अनन्त रोकाका छोरा अंगुर रोकालाई चेक र नगद हस्तान्त्रण गर्नुभएको हो ।
संघका अध्यक्ष घिमिरे र वस्तुगत व्याग उपसमितिका अध्यक्ष ज्ञवालीले समस्यामा परेका व्यवसायिका परिवारहरुलाई सहयोग गरिदै आएको र ठूलो समस्या परेमा फेरी पनि सहयोग गरिने प्रतिवद्वता जनाउनुभयो । संघका महासचिव दया भण्डारीको सञ्चालनमा श्रदाञ्जली सभा गरिएको थियो ।रुपन्देही व्यापार संघ र वस्तुगत व्याग उपसमितिको पहलमा संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिएको संघका उपाध्यक्ष प्रकाश ढकालले जानकारी गराउनुभयो । कोरोना संक्रमणका कारण व्यवसायिले बैंकको ब्याज र घरभाडा तिर्न नसकेकाले व्यवसायी आर्थिक रुपले ठूलो समस्यामा परेको उपाध्यक्ष ढकालले बताउनुभयो ।प्यूठान झिमरुक गाउंपालिा वडा नम्बर ४ हुरेना स्थायी निवासी अनन्त रोकाले बिगत १० वर्षदेखि बुटवलको राममन्दिर लाइनमा अंगुर व्याग हाउस सञ्चालन गर्दै आउनुभएको थियो ।