स्वर्गीय व्यवसायी रोकाको परिवारलाई व्यापार संघको सहयोग

 

 

 

बुटवल/रुपन्देही व्यापार संघले संघ अन्तरगत वस्तुगत व्याग उपसमितिका पूर्वसचिव स्व. अनन्त रोकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । रुपन्देही व्यापार संघ र वस्तुगत व्याग उपसमितिको तर्फबाट १ लाख १५ हजार ४ सय ५० रुपैयां आर्थिक सहयोग गरिएको हो ।
रुपन्देही व्यापार संघ र वस्तुगत व्याग उपसमितिले शुक्रबार स्व.रोकाको स्मृतिमा उहाको घरमा श्रद्धाञ्जली सभा गरी आर्थिक सहयोग गरेको हो । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, वस्तुगत व्याग उपसमितिका अध्यक्ष माधव ज्ञवालीले स्व. रोकाका छोरा अंकुर रोकालाई चेक र नगद हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष घिमिरेले समस्यामा परेका व्यवसायी र उनका परिवारहरुलाई सानो राहातका रुपमा सहयोग गर्दै आएको स्मरण गराउदै अगाडीका दिनमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । संघका महासचिव दया भण्डारीको सञ्चालनमा श्रद्धाञ्जली सभा गरिएको थियो । रुपन्देही व्यापार संघमा आवद्ध व्यवसायीहरुको पहलमा संस्थागत र व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिएको संघका उपाध्यक्ष प्रकाश ढकालले जानकारी गराउनुभयो ।
प्यूठान झिमरुक गाउंपालिा वडा नम्बर ४ हुरेना स्थायी निवासी अनन्त रोकाले बिगत १० वर्षदेखि बुटवलको राममन्दिर लाइनमा अंगुर व्याग हाउस सञ्चालन गर्दै आउनुभएको थियो । रोकाको गत माघ २६ गते ४५ वर्षको उमेरमा अप्रत्याशीत रुपमा निधन भएको थियो ।