प्रकाश सपुतको “पिर“ को गीतबारे छोटो समीक्षा

विशाल दर्लामी
प्रकाश सपूत ब्यक्तिकाबारे त्यति धेरै चर्चा गरिरहनु पर्दैन। उनी नेपाली लोक गितको क्षेत्रमा स्थापित कलाकार हुन।
यतिबेला उनको भरर्खरै बजारमा आएको पिर नामको गीतले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । गीतको पक्ष बिपक्षमा मतहरु आइरहेका छन्। मैले पनि यो गीतको भिडियो ४ पटक हेरे समग्रमा गीतको भाब राम्रै छ।
कुनै चिजलाइ हामी कसरी हेर्दछौ भन्ने कुराले निकै मोहत्व राख्दछ।एउटा कोणबाट हेर्दा यो गीत माओवादी पार्टीविरुद्ध बिस बमन गरे जस्तो अनुभुत हुन्छ भने अर्को कोणबाट हेर्दा देशको तात्कालिक अबस्थाको पर्दाफास गरेको सहजै अनुभुत हुन्छ। त्यसो त कला,साहित्य जहिले पनि समाज ब्यबस्थाको बिपक्षमा हुन्छ। समाजमा घटिरहेका घटाहरुलाई कलाको माध्यमबाट स्रोताको माझमा ल्याउनु कलाकारिताको मुख्य ध्यय हो।

नेपालमा भएको १० बर्से जनयुद्ध÷ शसश्त्र युद्द को बारेमा व्यापक छलफल गर्न सकिन्छ।छोटकरिमा भन्दा यसका राम्रा,नराम्रा दुबै पाटाहरु छन। प्रकाशले आफ्नो गितको १६ मिनेटको उक्त भिडियो मार्फत माओवादी जनयुद्ध सङ्ग जनताका अपेक्षा के थिए?र शान्ती प्रक्रिया पछि माओवादी नेतृत्व कसरी परिबर्तन भयो ? हिजो जिबनको बाजि लागाएर युद्दमा होमिएका, घाइते,अपाङ्ग, सहिद परिवार र समग्र नेपाली जनताको जिबनमा के बदलाब÷परिबर्तन भयो यिनै बिसयहरुको गित र अभिनय मार्फत उठान÷ब्यक्त गर्न खोजेका छन। नेपालको अहिलेको परिवर्तनमा माओवादी आन्दोलन÷ जनयुद्धको महोत्वपुर्ण योगदान रहेको छ। तर शान्ती प्रक्रियापछि बिशेष त माओवादी नेतृत्व जसरी चरम रुपमा स्वार्थमा डुब्यो आफ्नो बर्गलाइ सडकमै छोडेर हिजो दुश्मन करार गरिएको शक्तिसंग हातेमालो गर्दै मोजमस्तिमा लाग्यो त्यसपछि न यो अबस्था सिर्जना भएको हो। यसतर्फ माओवादी आन्दोलनमा आफ्नो पसिना बगाइरहेका तमाम नेता,कार्यकर्ताहरुले आफ्नो नेतृत्वलाई प्रश्न गर्ने कि नगर्ने ? आम जनताले यो प्रश्न गर्न पाउनेकी नपाउने? माओवादी आन्दोलनको आलोचनाका पछाडी माओवादीप्रती जनताका धेरै आसाहरु थिए, भएर हो। यसतर्फ माओवादी नेतृत्वले कहिल्यै समीक्षा गर्यो? हो यी तमाम प्रश्नहरु जो लामो समयदेखि अनुत्तरित छन त्यसकारण पटकपटक यी प्रश्नहरु उठ्ने गर्छन। यी तमाम प्रश्नहरुको व्यबहारत जबाफ दिने अबस्थामा जबसम्म माओवादी पुग्दैन तबसम्म यी प्रश्नहरु नेपाली समाजमा आउछन र आउनुपर्छ। जहासम्म महिला हरुलाइ देहव्यापार सङ्ग जोडिएको छ त्यो नेपाली महिलाहरुको अबस्थाको ३बिम्ब हो । आज नेपाली महिला भारतको बम्बैका कोठिहरु लगाएत सन्सारका थुप्रै देशमा
आम्नो अस्मिता बेचिरहेका छन भन्ने कुरा कुनै लुकेको बिसय होइन। यो अबस्था कसले सृजना गर्यो ?? यसको जबाफ र समाधान दिनु पर्छ कि पर्दैन ?? कुनै पनि परिणामको पछाडी कारण हुन्छ,यो किन कसरी भयो यो बारे त्यति ध्यान नदिदा यस्ता परिणामहरु बारम्बार आइरहन्छन। त्यसकारण कलाकारलाई खेद्नु भन्दा अगाडी आफुलाइ ऐना अगाडि उभ्याउनु पर्ने जरुरी छ। हामिले यस्ता आक्रोस,कुन्ठा, निरासा आउन नदिने बाताबरणको सृजना गरौ, त्यसपछी कलाकारका÷ जनताका ३पिर आफै हट्दै जान्छ्न।अन्तमा प्रकाश सपुतलाइ पनि सुझाब छ जसरी तपाईं र तपाइजस्ता कलाकारहरुले जसरी नेपालको बिकृत राजनितिको भन्डाफोर गरिरहनु भएको छ त्यसमा समर्थन छ। तर नेपाली गित संगितमा देखिएको बिकृतिका विरुद्धमा पनि स्वयम तपाइहरु बोल्नु पर्छ,गित बनाउनु पर्छ। आसा गरौ तपाइले फेरि ३पिर भाग दुई गित निकाल्न नपरोस। धन्यवाद । लेखक राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष हुन।