एमसीसीको बिरोधमा ट्रेडयुनियनको काठमाण्डौमा प्रदर्शन

बुटवल,फागुन३०गते। संयुक्त ट्रेडयुनियन संघर्ष समितिको आयोजनामा सोमबार काठमाण्डौमा एमसीसी परियोजना खारेजका विरुद्व प्रदर्शन तथा सभा भएको छ ।
अन्टुकका अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल ट्रेडयुनियन महासंघ क्रान्तिकारीका अध्यक्ष इश्वर तिमिल्सिना लगायतका मजदुर नेताहरुले राष्ट्रघाती एमसीसी संझौता खारेज गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न      स्वाधिनता र स्वाभिमानमाथि आंच आउने कामहरु बन्द गर्न,     

साम्राज्यबादीहरुको दलाली नर्गन सरकारलाई खबरदारी गरेका छन् । नेपाल र नेपालीमाथि दिर्घकालिन असर पुराउने रणनैतिक कार्यहरु नगर्न र असंलग्न पञ्चशिलको सिद्दान्तको बैदिशिक नीति अबलम्बन गर्न छिमेकि हरुसंगको सन्रुलित संबन्ध कायम गर्न गराउन, मजदुर बिरोधी श्रम कानुन नियम खारेजगर्न, नोओर्क नो पे,हायर एन्ड फायर बन्द गर्न पेट्रोलियम पदार्थ लगायतको बस्तुको चर्को मुल्यबृधि फिर्ता गर्न र महंगी नियन्त्रण मजदुर नेताहरुले माग गरेका छन् ।