बुटवलको स्वग्रद्वारी मन्दिरको दानपत्र चोरी

बुटवल,चैत्र२गते।रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ आर्दश नगरमा रहेको स्वग्रद्वारी शिब पञ्चयान मन्दिरमा चोरी भएको छ । मंगलबार दिउसो मन्दिरको दानपत्र चोरी भएको हो । मन्दिरको मुल प्रवेशद्वारको तालाफोडी भित्र रहेको दान पत्रकोसमेत तालाफोडी दानपत्रमा रहेको पैसा चोरी भएको छ ।
भक्तजनले शिवरात्रीमा चढाएको र केही महिना अघिदेखिको दानपत्रमा जम्मा भएको पैसा चोरी भएको मन्दिर व्यवस्थापन समितिका प्रमुख सल्लाहाकार नारायण नागरिलाले जानकारी गराएका छन् ।
दानपत्रमा अनुमानित ३० हजार बढी पैसा हुन सक्ने अनुमान गरिएको छ । केही दिन अघिपनि बुटलको लक्ष्मीनगरमा रहेको बुद्व मन्दिरमा पनि चोरी भएको थियो । दिन दाहाडै मन्दिर तोडेर चोरी भएकोबारे जानकारी गराउंदा पनि प्रशासन र जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको स्थानीयले बताएका छन् ।