लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी संकटमा

बुटवल,चैत्र१६गते।नेकपा एमालले लुम्बिनी प्रदेशसका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । एमालेको लुम्बिनी प्रदेश संसदीय दलले मुख्यमनत्री केसीले लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा आर्थिक चलखेल गरेको आरोप लगाउंदै राजीनमा माग हो ।बुधबार पत्रकार सम्मेलन गरी संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारकै मिलेमतो राज्यलाई डेढअर्व बढि घांटा जाने गरी मिलोमतोमा ठेक्का दिन लागेको मुख्यमन्त्री केसीमाथि आरोप छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्प्रधा गराउने गरि प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणको अध्यक्ष रहेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने एमाले संसदीय दलको माग छ । एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गरेकाले आर्थिक मिलेमतो रहेको बुझएिको बताए । अस्पताल भवन निर्माणका लागि सात अर्बको ठेक्कामा सेटिङ मिलाएर प्रक्रिया अघि बढाउने काममा प्रदेश सरकार र मुख्यमन्त्रीको संलग्नता हुनु दुख्द पक्ष भएको चौधरीको भनाइ छ । लुम्बिनी प्रदेश सभामा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले अस्पतालको भवनको टेण्डर खोल्दा नै त्यहां राखिएका प्रावधानले सेटिङ भईरहेको छ भन्ने पुष्टि भएको बताए । लुमिबनी प्रदेशका मुख्यमनत्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरेको एमालेको दावी छ ।कार्यकारी अधिकृत घिमिरेले अस्पतालको भवन निर्माणका लागि गरिएको टेण्डर प्रक्रियामा मिलेमतो भएको भन्दै ठेक्का प्रक्रिया नै खारेज गरी गत सोमबार पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री केसीले भने एमालले लगाएको आरोपमा कुनै सत्यता नभएको प्रतिक्रिया दिएका छन् ।