पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने – टैकंर व्यवसायी

बुटवल,चैत्र१८गते।पश्चिमाञ्चल टैङकर व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी सेवा बन्द नगर्ने भएका छन् । नेपाल आयल निगमसंग विभिन्न ६ बुंदे माग राख्दै आन्दोलित टैङकर व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने बताएका हुन् ।पश्चिमाञ्चल टैङकर व्यवसायी संघ प्रधान कार्यालय भलवारी रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने बताएको छ । संघका महासचिव भुपराज अर्यालले नेपाल आयल निगमसंग वार्ता र सम्बादको माध्यामबाट समस्याको समाधान खोज्न सकिने भएकाले चुनावको मुखमा अत्यावश्यक पदार्थको ढुवानी रोक्न नहुने बताए।पश्चिमाञ्चल टैङकर व्यवसायी संघ ढुवानी नरोक्ने पक्षमा भएकाले संघमा आवद्व सबै टैङकरहरु यथावत सञ्चालन हुने बताए। पेट्रोलियम व्यवसायीको माग अनुसार संघमा रहेका २ सय ४० वटै टैङकर सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराए। चुनावको मुखमा पेट्रोलियम पदार्थको ढुवानी रोकेर चुनावलाई प्रभाव पार्ने षडेयन्त्र रचिएकाले पश्चिमाञ्चल टैङकर व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानीको काम नरोक्ने वियायमा व्यवसायी एकमत छन् ।संघका सल्लाहाकार चोपनारायण श्रेष्ठले चुनावको मुखमा आएर पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्नु भनेको गैरकानुनी भएकाले पश्चिमाञ्चल टैङकर व्यवसायी संघले आफ्ना आगी सबै ठाउं पठाउने बताए।पश्चिमाञ्चल टैङकर व्यवसायी संघलले, नेपाल आयल निमगसंग तत्काल पेट्रोलियम ऐन बनाउनु पर्ने, नेपाल आयल निगमको एलपिजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने,वैज्ञानिक भाडादर कायम गरिनु पर्ने, तुरुन्त भाडा समायोजन गर्नुपर्ने लगायतका ६ वटा माग राखेको छ ।
तर नेपाल आयल निगमसंग विभिन्न माग राख्दै आन्दोलित पेट्रोलियम व्यवसायी,ढुवानी व्यवसायी र ग्यांस उद्योगीहरुले आयल निगमसंग राखेका माग पुरा नभएकाले पेट्रोलियम पदार्थको ढुवानी देशभर बन्द गर्ने दावी गरेका छन् ।