प्रगतिशील पत्रकार संघ रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न

विरेन्द्र कुवंरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

   बुटवल, चैत २० । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । आइतबार बुटवलमा भएको सम्मेलनबाट विरेन्द्र कुवंर अध्यक्ष रहेको १३ सदस्य रहेको नयां कार्यसमिति चयन गरिएको छ । पटि पदपूर्ति गर्ने गरी दुइ स्थान रिक्त राखिएको छ ।जसको उपाध्यक्ष सुरेन्द्र रेग्मी, सचिव टेकराज भुसाल, सहसचिव प्रकाश जीसी र कोषाध्यक्ष शारदा पाण्डे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दीपा बिक,शुरेस आचार्य, भानुभक्त शर्मा, राम खड्का, विमल खरेल, अनिल थापा रहनुभएको छ ।सम्मेलनबाट सुमन अधिकारी,श्यामलाल पोखरेल र गंगालाल सापकोटालाई सल्लाहाकारमा चयन गरिएको छ । यस अघि भएको कार्यक्रममा बोल्दै प्रगतिशील पत्रकार संघका सल्लाहाकार सुमन अधिकारीले नेपाली पत्रकारिताको क्षेत्रमा बिचारको पनि पत्रकारिता हुने बताउनुभयो । पत्रकारितामा अनुसासन र सक्रियता आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, ढुण्डीराज पौडेल,अखिल छैठौंका केन्द्रिय सचिव सरोजमान सिंह, पत्रकार टिकाराम घिमिरे लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष श्यामलाल पोखरेको अध्यक्षता र विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।