सिद्धार्थ एग्रीकल्चरद्वारा सार्वजानिक सुनुवाई

बुटवल,चैत २९गते।सिद्धार्थ एग्रिकल्चरल प्रोड्क्सन एण्ड रिसर्च सेन्टर प्रालीले सार्वजनिक सुनुवाई गरेको छ । रुपन्देहीको सियारी ४ सञ्चालित रिसर्च सेन्टरले प्रालिले सियारीमा नै सार्वजनिक सुनुवाई गरेको हो । सिद्धार्थ एग्रिकल्चरलले नेपाल लाईभस्टक सेक्टर ईनोमेशन आयोजना अनुदान प्रवाह कार्यक्रम एनएल एसआईपी बीच स्वच्छ दुध उत्पादन ब्यवसायीक भैसी पालनका लागी आयोजना बाट ८० लाख अनुदान सस्थाको श्रोतबाट ३२ लाख ३४ हजार २ सय १५ रुपैया र बैंक तथा बित्तिय संस्थाबाट ४८ लाख १४ हजार ६ सय ६४ रुपैयाको लागतमा उन्नत भैसी पालनबाट स्वच्छ दुध उत्पादन गर्ने र उत्पादकत्ववृद्वि गर्ने र बिक्री बितरण गर्ने, उन्नत मुर्रा जातको भैसिका पाढापाडी उत्पादन गरी नस्ल सुधार तथा श्रोतकेन्द्र स्तापित गर्ने काम गर्दै आएको छ । सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै कृषि खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालय भूमि श्रोत नक्साकंन महासाखाका प्रमुख अनिल मरासिनीले निर्वाह मुखी कृषीबाट मात्रै नहुने बताउदै कृषीमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । कृषि पेसागर्दा बिषय बिज्ञको सुझाव लिएर काम गर्नुपर्ने बताउदै अनुदान पूर्णरुपमा सदुपयोग गरेर काम गर्न आग्रह गर्नुभयो । डा लक्ष्मण घिमिरेले युवाहरु बिदेश पलायन हुदै गएको बेला कृषि क्षेत्रका आयोजनाहरुलाई व्यवस्थित गरेर देशलाई कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा कृषि खाद्यप्रबिधी तथा भुमी ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका पशु चिकित्सक लोकराज भुसाल, सियारीगाउँपालिका का वडा प्रतिनिधी कृष्ण देवकोटा, सियारी गाउँपालिकाका पशु सेवा साखाका पिन्टु मुराउ, ज्ञान बिज्ञान कृषी सहकारीका अध्यक्ष डुनराज शर्मा लगायतले कृषि तथा पशुपालनबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।सिद्धार्थ एग्रिकल्चरका उपाध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षता, तुलसीराम शर्माको स्वागत र पवन ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।