नेपालको बैकल्पिक शक्ति हामी हौ –जसपा

पाल्पाको माथागढीमा जसपाको चुनावी सभा

पाल्पा,बैशाख १९गते। चुनावी अभियानमा जुटेको जनता समाजवादी पार्टी नेपालले पाल्पामा सभा गरेको छ ।जसपाले घरदैलो अभियानसहित सोमबार पाल्पाको माथागढी गाउंपालिकमा गाउंपालिका स्तरीय सभा गरेको हो। उक्त चुनावी सभामा बोल्दै लुम्बिनी प्रदेश श्रम यातायात तथा रोजगार मन्त्री पुरमती ढेगाले देशको आर्थिक सम्वृद्विका लागि सही प्रकारको एजेण्डा ल्याएको बताइन। जनताले चाहेजस्तो विकासको मोडेल ल्याएर जनता समाजवादी पार्टी नेपाल स्थानीय तहको निर्वाचनमा मत माग्न जनताको घरदैलो आएको बताइन ।जसपालाई दिएको मत खेर नजाने उल्लेख गर्दै जसपाकी नेतृसमेत रहेकी मन्त्री ढेगाले जसपालाई मत दिन आग्रह गर्दै अरु पार्टीलाई मत दिएमा हतारमा गल्ती गरी फुर्सदमा पछुताउनुको विकल्प नभएको बताइन ।उनले समग्र पाल्पाको विकासका लागि पहल गर्ने र जनताको चाहानालाई पुरा गर्ने गरी काम गर्ने प्रतिवद्वता जनाइन । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका सह इन्चार्ज कमल खनालले नेपालको लागि अबको बैकल्पिक राजनीतिक शक्ति भनेको जसपा भएको दावी गर्दै अमुल्य जसपालाई दिन आग्रह गरे ।चुनावी सभमा बोल्दै जसपाका लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख नारायण नागिलाले नयां गुगको नयां परिभेषलाई आत्मसाथ गरी जसपाले स्थानीय चुनाव आफ्ना उम्मेदवार उठाएको बताए । पुराना पार्टीमा पुरानै सोंच र विकास र सम्वृद्विका खास एजेण्डा नभएकाले जसपालाई मत दिन आग्रह गर्दै जसपलाई दिएको मतको सधैभरी कदर र सम्मान हुने बताए ।देउबहादुर ढेङाको अध्यक्षता र इन्द्रिरा विकको सञ्चालनमा कार्यक्रम भएको थियो ।
जनता समाजावादी पार्टीले पाल्पाका सबैजसो स्थानीय तहहरुमा चुनावी सभा गर्ने तयारी गरेको छ ।