तिलोत्तमा  कांग्रेसका खांणको अग्रता

बुटवल,जेठ८गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना भैरहेको छ ।२९ हजार ३ सय २४ मत गणना हुंदा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका रामकृष्ण खांणले अग्रता लिएका छन् ।तिलोत्तमाको पछिल्लो मतपरिणम सार्वजनिक भए अनुसार खांणले एमालेका उम्मेदवार मोहन चापागाईंले भन्दा १ सय ७७ मत बढी ल्याएर अग्रता कायम गरेका छन् ।खांणले ११ हजार ३ सय ६६ मत प्राप्त गर्दा एमालेका चापागाईले ११ हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।  उपप्रमुखमा एमालेकी उम्मेदवार जगेश्वरी चौधरीले १० हजार ८ सय ६७ मत ल्याएकी छन् ।गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रका हेमन्त पाण्डेले भन्दा जागेश्वरी धौधरीले दोब्बवर बढी मत ल्याएकी छन् ।माओवादी केन्द्रका हेमन्त पाण्डेले ५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन्।१७ वडा वडा रहेको तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको मत गणना सकिएको छ । मत गणना सकिएका वडामध्ये गठबन्धनको तर्फबाट कांगे्रसले वडा नं २,३ १६ र १७ मा जितेको छ । एमालले वडा नम्बर १ र १५ मा जितेको छ । वडा नम्बर ५,१३ र १४ मा कांगे्रस अगाडी रहेको बताइएको छ ।