उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान
औद्योगिक विकासमा सहकार्य गर्न सुझाव



बुटवल\रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
संघले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उहाँहरुको कार्यकक्षमा पुगेर सम्मान तथा स्वागत बधाई ज्ञापन गरेको हो । संघका अध्यक्ष माधव प्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी तथा देवदह नगरपालिका प्रमुख ध्रुव खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई सम्मानपत्र तथा खादा लगाएर सम्मान गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले आर्थिक समृद्धिका लागि औद्योगिक विकासमा जोड दिन स्थानीय सरकारहरुसँग आग्रह गर्नु भयो । उहाँले स्थानीय तहबाट औद्योगिक विकासका लागि सहमति र सहकार्यको वातावरण तयार गर्दै उद्योग संरक्षणको नीति बनाउन सुझाव दिनु भयो ।
अध्यक्ष पौडेलले विषेश गरी उद्योग सञ्चालन गर्ने क्रममा कतिपय नीतिगत रुपमा आइपरेका समस्यालाई समाधान गर्नुपर्ने कुरामा जोड दिंदै यस क्षेत्रमा रहेको औद्योगिक क्षेत्रको अभावलाई पुरा गर्न उद्योग ग्रामको स्थापनाको कामलाई तदारुकताका साथ अगाडी बढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी तथा देवदह नगरपालिका प्रमुख ध्रुव खरेलले उद्योगीहरुका समस्याहरुको समाधान गर्दै यस क्षेत्रको आर्थिक विकासमा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मोतिपुर औद्योगिक क्षेत्र निर्माण र सञ्चालन हामी सबैको साझा मद्दा बन्नु पर्ने धारणा राख्नु हुँदै पालिकाले निर्माण गर्ने नीतिमा उद्योगीहरुको भावनालाई समेटेर जाने प्रतिवद्धता जनाउनु भयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्योगी व्यवसायीहरुसँगको सहकार्यमा तिलोत्तमाको विकास र समृद्धिको काम अगाडी बढाउने बताउँदै उद्योगीहरुलाई चोट पुग्ने काम आफुले कहिल्यै नगर्ने धारणा राख्नु भयो ।

देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले देवदहलाई हाम्रो र राम्रो देवदह बनाउने चाहाना पुरा गर्न उद्योगीहरुको सहयोग र साथ चाहिने हुँदा त्यसका लागि सधै लाग्ने जनाउनु भयो । उहाँले देवदहमा उद्योग सञ्चालन गर्न आउने उद्योगीहरुलाई आवश्यक पर्ने खालको नीतिगत सहयोगको कमी आउन नदिने भनाई राख्नु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु र उद्योगीहरुको सहभागिता रहेको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










