व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग¥यो

 

 

बुटवल, २५ जेठ । रुपन्देही व्यापार संघले बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडा नं. ४ का वडा अध्यक्षलाई बधाई तथा सम्मान गरेको छ। उहाहरुको कार्यकक्षमा पुगेर संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले सम्मान पत्र तथा खादा र माला लगाएर बधाई दिदै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।


सम्मानपछि बोल्दै नवनिर्वाचित प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकालाई सधै व्यवसाय मैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्दै आर्थिक तथा व्यवसायीक मुद्धामा सहमति सहकार्यवीच अगाडी बढ्ने बताउनु भयो ।
उहाले बुटवल वजारमा रहेका विविध समस्याका कारण व्यवसायीक विस्थापनको समस्या बढेर गएको र बुटवलको वजार साधुरीदै जान थालेको हुदा त्यसलाई रोक्न व्यापारिहरुका आवश्यक्ता र समस्याको पहिचान गरि बुटवलको वजारलाई गुल्जार बनाउन लाग्ने जनाउनु भयो ।


सो अवसरमा उपप्रमुख सावित्रा अर्यालले हिजोका दिनमा भएका सकारात्मक कामहरुको निरन्तरता र नया कामको थालनि आफुहरुको प्राथमिकता रहेको बताउदै वजारको स्वच्छताका लागि अनुगमनको पक्षलाई कडाईका साथ लैजाने प्रतिवद्धता जनाउनु भयो ।
संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बुटवलको खस्कदो बजारको अवस्थालाई रोक्न तत्काल सुधार गर्नु पर्ने कामहरु करको दायरा बढाउने, पार्किङको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको प्रवन्ध बलियो बनाउने तथा व्यवसायीबाट कर मात्र लिने नभएर सेवा पनि दिने कामलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।


सोही अवसरमा वडा नं. ४ का नवनिर्वाचित अध्यक्ष नरिश्वर पौडेलसहित सदस्यहरुलाई पनि बधाई तथा सम्मान गरिएको थियो । त्यस अवसरमा वडा अध्यक्ष पौडेलले सम्मानबाट आफुलाई धेरै जिम्मेवार बनाएको बताउदै आफु व्यवसायीक पृष्ठभूमिका व्यक्ति भएका कारण व्यवसायीहरुको पक्षमा हुने कामलाई पहिलो सूचीमा राखेर अगाडी बढने जनाउनु भयो ।
संघका महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा संघका निर्वचमान अध्यक्ष, पदाधिकारी, सल्लाहाकार, कार्यसमिति सदस्यहरु, कार्यालय प्रमुखको सहभागिता रहेको थियो ।