भलिवल संघ लुम्बिनीमा नयां नेतृत्व, देवेन्द्र बैरागी अध्यक्ष रहेको १५ सदस्य समिति गठन

बुटवल,असार११गते।लुम्बिनी प्रदेश भलिवल संघ लुम्बिनीको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले देवेन्द्र वैरागी अध्यक्ष रहेको १५ सदस्य रहेको नयां कार्यसमिति गठन गरेको छ। शनिबार भएको अधिवेशन तथा प्रथम साधारण सभामा बोल्दै प्रदेश खेलकुंद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेल क्षेत्रको विकासका लागि खेल ऐन शंसोधन गर्नुपर्ने बताए। तीनै तहका सरकारले खेल क्षेत्रको विकासमा खासै ध्यान नदिएको बताउंदै खेल क्षेत्रको विकासका लागि नीति र नेतृत्व ठिक हुनुपर्नेमा जोड दिए।भलिवल खेललाई प्राथमिकता दिएर यस क्षेत्रमा राष्ट्रियस्तरको स्टेडियम बनाउन पहलगर्ने सदस्यसचिव भट्टराईले प्रतिवद्वता जनाएका छन् ।साविक मध्यपश्चिमाञ्चल भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागीले खेलमा राजनीतिक प्रभाव देखिएकाले खेल क्षेत्रको विकासले गतिलिन नसकेको बताए।

कार्यसमिति 

लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेसनबाट देबेन्द्रसिह बैरागी (दाङ)को अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा योग गुरुङ, उपाध्यक्ष रमेश कर्माचार्य, उपाध्यक्ष कृष्णा पाठक, महासचिव प्रकाश कुमार शर्मा (बर्दिया), सचिव नवल गुरुङ (रुपन्देही), कोषाध्यक्ष वीर बहादुर कुवर (रोल्पा) तथा सदस्यहरुमा प्रकाशराज श्रेष्ठ (पाल्पा), दिपक परियार (अर्घाखाँची), खुम बहादुर राना (कपिलवस्तु), बल बहादुर केसी (प्युठान), चन्द्र बिसि (पश्चिम रुकुम) र मौसम कुवर (गुल्मी) सर्वसम्मत भएका छन। यसैगरि २ जना सदस्य लुम्बिनी प्रदेश परिषदबाट मनोनित हुने निर्वाचन समितिका सदस्य खिमानन्द भट्टराईले जानकारी गराएका छन् ।

कार्यक्रममा भलिवल संघका केन्द्रीय उपाध्यक्ष निरोज मास्केले राष्ट्रिय खेल भलिबलको पूर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने बताए। संघका केन्द्रीय सदस्य किशोर आचार्यले भलिवल राष्ट्रिय खेल भएकाले यसलाई वयवसायिक खेलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।निरज मास्केको अध्यक्षता, भीम ओलीको सञ्चालन र देवेन्द्र वैरागीको स्वागतमा कार्यक्रम भएको थियो। साधारण सभा तथा अधिवेशनमा पूर्वी रुकुमबाहेक ११ जिल्लाबाट २२ जनाको प्रतिनिधित्व रहेको थियो ।