कृषिलाई उद्योगसंग जोड्ने गरी कार्यक्रम ल्याउन सरकारलाई सुझाव

बुटवल,असार १३गते।कृषिलाई उद्योग र व्यवसायसंग जोड्ने गरी कार्यक्रम ल्याउन किसानहरुले सरकारसंग माग गरेका छन् ।कृषि प्रधान देश कृषिमा नै परर्निभर हुंदा देशले सम्वृद्वि हासिल गर्न नसक्ने भन्दै कृषिप्रति सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरेका छन्। नेपाल सरकार कृषि तथा पशुपंक्ष्ीा विकास मन्त्रालय र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रादेशिक रणानीतिक निर्माण विषयक गोष्ठिका बोल्ने सरोकबारवालाहरुले अनुदानलार्ई प्रभावकारी बनाउन माग गरेका छन्। आगामी १५ बर्षको लागि योजना निर्माण गर्दा उत्पादनमा आधारित अनुदान प्रतिफलमा प्रोत्साहन दिने गरी कार्यक्रम ल्याउनु पर्ने बताए ।किसानहरुको उत्पादनपछि बजारीकरण सुनिश्चित हुुनुपर्ने र त्यसका लागि तिनै तहका सरकार गम्भीर हुनुपर्ने बताए। उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले कृषि उत्पादनमावृद्वि र किसानहरुलाई प्रोत्साहित गर्ने गरी प्रदेश सरकारले योजना बनाउने बताइन। हरेक किासनहरुका समस्या साझा भएकाले त्यस विषयमा प्रदेश सरकार गम्भीर छ भनिन्। कार्यक्रममा राष्ट्रिय च्याउ उत्पादक किसान महासंघका उपाध्यक्ष कृष्णराज पोखरेल, विउ उत्पादनक कृषक पञ्चराम चौधरी, बंगुर पालक किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष टिला बहादुर शुर्यवंशी, मौरी पालक किसान संघ जिल्ला सचिव लिलावती घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे लगायतले रासायनिक मलको उद्योग सञ्चालन गर्न र गुणस्तरीय विउविजन उत्पादनका लागि ठाउंठाउंमा कृषि ल्याव सञ्चालन गर्नुपर्ने, कृषिमा सहुलियत दिन सरकारसंग माग गरे ।।कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, नेपाल सरकार कृषि तथा पशुपंक्ष्ीा मन्त्रालयका सह सचिव राजेन्द्रप्रसाद मिश्र, प्रदेश मन्त्रालयका सचिव यामनारायण देवकोटा, प्रदेशको कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख हरिप्रसाद पण्डीतलगायतले आआफ्नो धारणा राखेका थिए।। संघीय मन्त्रालयका ईन्द्रहरी पौडेल, लुम्बिनी प्रदेश मन्त्रालयका शालीकराम गौतम, पशु् सेवा विभागका डा. चन्द्र ढकाललगायतले कृषि अन्तर्गत विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।