मनकामना स्मार्ट लुघवित्तको सौजन्य र रोटरी क्लव अफ मणिग्रामको समन्वयमा विद्यार्थीलाई फिल्टर सहयोग

बुटवल,साउन४गते।मनकामना स्मार्ट लुघवित्तीय संस्था लिमिटेडको सौजन्य र रोटरी क्लव अफ मणिग्रामको समन्वयमा शुद्व खाने पानीका लागि विद्यार्थीलाई पानी छान्ने फिल्टर सहयोग गरिएको छ ।रुपन्देहीको तिलोत्तमा नगरवपालिका वडा नम्बर ९ मा रहेको विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयमा अध्धयनरत विद्यार्थीका लागि फिल्टर सहयोग गरिएको हो ।सामाजिक क्षेत्रमा काम गर्दै आएको मनकामना स्मार्ट लुघवित्त र रोटरी क्लव अफ मणिग्रामले संयुक्त रुपमा एक कायक्रमको आयोजना गरी विद्यार्थीका लागि ४६ हजार २ सय मुल्यको पानी छान्ने फिल्टर सहयोग गरिएको हो।मनकामना स्मार्ट लुघवित्तको आर्थिक सहयोगमा फिल्टर सहयोग गरिएको हो।

स्वास्थ्यलाई ख्याल गरी शुद्व पानी खुवाउने उद्वेश्यले फिल्टर सहयोग गरिएको रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए। कार्यक्रमका प्रम्ुख अतिथि मनकामना लघुवित्त संस्थाका सञ्चालक तथा रोटरी क्लव अफ मणिग्रामका पूर्व अध्यक्ष अच्युत पन्थले विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयका प्रध्यानाध्यापक डोलराज पाण्डेलाई फिल्टर हस्तान्त्रण गरेका हुन्। सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि अच्युत पन्थले मानिसका लागि स्वास्थ्य सबै भन्दा ठूलो भएकाले विद्यार्थी र विद्यालयका शिक्षकहरुलाई शुद्व तथा सफा पानी खुवाउने उद्वेश्यले पानी छान्ने फिल्टर सौजन्य गरिएको बताए।क्लवका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता र २०२२।२०२३ का सचिव मिनप्राद भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै विश्वशान्ति सामुदायिक आधारभूत विद्यालयका प्रध्यानाध्यापक डोलराज पाण्डेले देख्न र सुन्नका लागि सानो सहयोग भएपनि फिल्टरको सहयोगले विद्यार्थी र विद्यालयका लागि ठूलो महत्व राखेको बताए। उक्त कार्यक्रममा रोटरी क्लव अफ मणिग्रामका सस्थापक अध्यक्ष राजुदेवी खनाल, २०२१। ०२२ का सचिव सागर पाठक, संस्थापक सदस्य देवीप्रसाद पाठक, शिक्षक भिमकला पराजुली, मिना भट्टराई, विष्णुदेवी सुवेदीको सहभागिता रहेको थियो। रोटरी क्लव अफ मणिग्रामले विगतका वर्षहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा काम गर्नुका साथै वृक्षरोपण गरिएको क्लवका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए। सामाजिक सहयोगका लागि व्याक्तिगत स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्छ भन्ने संस्थाको मान्यता अनुसार काम गरिएको अध्यक्ष अर्यालले बताए।मनकामना स्मार्ट लुघवित्त सस्था लिमिटेडले पनि समाजिक क्षेत्रमा काम गर्दै आएको छ ।