ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई स्वागत

भाडा कार्यान्वयन गर्न व्यवसायीक एकतामा जोड

 

 

बुटवल/यातायात क्षेत्रका अगुवाहरुले सरकारले तय गरेको ट्रकको भाडा कार्यान्यवनमा ल्याउनका लागि सोही क्षेत्रका व्यवसायीहरुको एकता र समझदारी जरुरी रहेको कुरामा जोड दिएका छन् । व्यवसायीहरुवीचको असमझदारी र व्यवसाय विरोधिहरुको चलखेलका कारण व्यवसाय संकटमा पर्दै गएको हुदा हुदा त्यसलाई बचाएर लैजानका लागि व्यवसायीक एकतामा उनीहरुले जोड दिएका थिए ।


ढुवानी व्यवसायी समिति, रुपन्देहीले शुक्रवार नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित पदाधिकारी तथा प्रदेश समितिको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले ट्रक र ढुवानी व्यवसायीहरु एकअर्काका परिपुरक व्यवसायीहरु भएका कारण उनीहरुवीचको एकतामा जोड दिदै ढुवानी भाडामा एकरुपता ल्याउन सगैं जान आग्रह गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रका समस्याहरुलाई समाधान गर्नका लागि यसै क्षेत्रका व्यवसायीहरुको सक्रियता जरुरी रहेको बताउदै ढुवानी व्यवसायी र ट्रक व्यवसायीहरुमा फुट पारेर फाइदा लिन चाहाने हरुलाई मौका दिन नहुने धारणा राख्नु भयो । उहाले त्यसका लागि छलफल र भेटघाटलाई बढाउन आग्रह गर्नु भयो ।
महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद न्यौपानेले ढुवानी क्षेत्रको सबैभन्दा जटिल समस्या भनेका तोकिएको भाडा असुल गर्न नसक्नु रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन नगर्दा व्यवसायीहरु धाराशाही बनेर जाने चेतावनी दिनु भयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव उमेश मजगैयाले ट्रक व्यवसायी र ढुवानी व्यवसायीको असमझदारीले भाडा कार्यान्यवनमा आएको समस्यालाई समाधान गर्न सबैको सहयोग जरुरी भएको बताउदै ट्रक व्यवसायी र ढुवानी व्यवसायी गाडीका दुई पांग्रा बनेर अगाडी बढ्ने बातावरण बनाउन आग्रह गर्नु भयो ।

महासंघका प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेले राज्यका कतिपय निर्णयका कारण ट्रक व्यवसायसंगै ढुवानी व्यवसाय धाराशाही हुने अवस्थामा आएको बताउदै ढुवानी क्षेत्रमा भाडालाई सहि रुपमा कार्यान्वयन गर्न सबै इमान्दार भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
ढुवानी व्यवसायी महासंघका केन्द्रीय सल्लाहाकार जीत बहादुर भाटले ढुावनी व्यवसायीका समस्यालाई आत्साथ गरेर ट्रक व्यवसायीहरु अगाडी बढ्न सकेमा दुबै व्यवसायीहरुको हित हुने धारणा राख्नु भएको थियो ।


ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष श्याम बहादुर हमालको अध्यक्षता, महासचिव विष्णु प्रसाद गैरेको सञ्चालन तथा केन्द्रीय सदस्य कमल ढुङ्गानाको स्वागतमा भएको कार्यक्रममा केही समय अगाडी सम्पन्न नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघको अधिवेशनबाट निर्वाचित केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, उपाध्यक्ष विष्णु प्रसाद न्योपाने, सचिव उमेश मजगैया, प्रदेश उपाध्यक्ष यमप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरु प्रताप कार्की, रुमाखर गौतम, दिनेश थाया लगायतलाई सम्मान गरिएको थियो ।