उधोग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित

बुटवल, असोज १ गते । लुम्बिनी प्रदेश उद्योग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित भएका छन् । लुम्बिनी टेलिभिजनका अध्यक्षसमेत रहेका आलम शुक्रबार सम्पन्न परिसंघको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस अघि उनी तर्दथ समितिको अध्यक्ष थिए ।

यस्तै लुम्बिनी प्रदेश उद्योग परिसंघको प्रदेश स्तरीय कार्यलय बुटवलमा उद्घाटन गरिएको छ ।
नेपाल उद्योग परिसघका केन्द्रीय अध्यक्ष विष्णुकुमार अर्गवालको प्रमुख आतिथ्यतामा उक्त कार्यलयको उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसघका केन्द्रीय अध्यक्ष विष्णुकुमार अर्गवालले लुम्बिनी प्रदेशका सबै उद्योगी ब्याबसायीलाई एउटै छाना मुनिबाट उद्योग ब्याबसाय सन्चालन गर्नुपर्ने र त्यसका लागि संस्थाले सहयोग गर्नुपर्ने बताए ।
सरकारले लिएको बजेटमा औद्योगीकरण नीति भएपनि कार्यन्वयन हुन नसकेको बताउंदै उनले भने – साना ठुला उद्योग सन्चालनका लागि सहज खालको नीति सरकारले ल्याउनु पर्छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम ,रुपन्देही उद्योग संघका अध्यक्ष माधब पौडेल, लुमिबनी प्रदेश उद्योग परिसघका उपाध्यक्ष दिनेश रेग्मी, रुपन्देही उदोग संघका पूर्व अध्यक्ष वोनिन पिया, रामप्रसाद बस्याल,बाबुराम बोहोरा, रुपनदेही उद्योग सघका पूर्ब अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।