समयको माग अनुसार भिएस ग्रुपका नयाँ ब्राण्डेड मोबाईल बजारमा

सलीना पोखरेल

बुटवल, असोज ३ गते । समयको मागलाई मध्येनजर गर्दै मोबाईल उत्पादक तथा बिरतक कम्पनी भिएस गु्रप प्रालिले क्यानभास, आईप्रो र गे्रट एसिया ब्राण्डका बिभिन्न मोडलका मोबाईल फोनहरु बजारमा ल्याएको छ ।
आगामी दशैं तिहार छठ जस्ता चाडपर्वलाई मध्येनजर गरी गुणस्तरीय, सस्तो र शुलभ साथै प्रयोग गर्न सहज प्रकृतिका मोबाईल सेटहरु बजारमा ल्याएको हो ।
ग्राहकको चाहना, बजारको आवश्यक्ता र माग अनुसार एक दर्जन बढी बिभिन्न मोडलका मोबाईल फोनहरु उत्पादन गरी नेपाली बजारमा ल्याएको नेपालस्थित भिएस ग्रुपका संचालक सुनिता सुवेदीले बताइन ।
संचालक सुवेदीका अनुसार क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका १२ प्रकारका किप्याड सिस्टम र ५ प्रकारका एन्ड्रोईड स्मार्ट फोनहरुका साथै ल्यापटप, ट्याब्लेटस् र अन्य ग्याजेट्स सामाग्रीहरु बजारमा आएका छन् ।
बिभिन्न ब्राण्डमा ४ जिवी र्याम सहित ६४ जिवी क्षमताका मोबाईलहरु रहेको सुबेदीको भनाइ छ ।
सामान्य साक्षर र कम आयश्रोत भएका नागरिकले पनि सहजै प्राप्त गर्न र प्रयोग गर्न सक्ने निकै सस्तो दरका साथै सुबिधाजनक स्मार्ट मोबाईल प्रयोगकर्ताका लागि पनि क्यानभास, आईप्रो र ग्रेट एसिया ब्राण्डका सबै प्रकारका मोबाईल फोनहरु बजारमा उपलब्ध रहेको बुटवलस्थित डिस्टिब्यूटर्स फोस एस मल्टी बिजनेश प्रालिका संचालक बिजय बर्नवालले बताए ।
बुटवलमा आयोजित बिक्रेता भेलामा सहभागिहरुले मोबाईल फोनको आवश्यक्ता र औचित्य पुष्टि गर्ने खालका ब्राण्डहरुको माग अत्यधिक रहेको बताएका छन् ।
सो अवसरमा मोबाईल बिक्रेता संघ रुपन्देहीका अध्यक्ष बिष्णु ज्ञवाली, ब्यबसायीहरु बिशाल आचार्य, केशव खनाल, कम्पनीका राष्ट्रिय बिक्रि प्रबन्धक बिनोद बराल, क्षेत्रीय बिक्रि प्रबन्धक बिजय पाण्डे लगायतले समयको माग अनुसार मोबाईल सेटहरुको माग रहेको बताएका छन् ।