भैरहवामा दशैं सस्तो बजार सञ्चालन हुंदै


भैरहवा, असोज ३ गते । दशैको अवसर पारेर सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले भैरहवामा ‘दसैं सस्तो बजार’ संचालन गर्ने भएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नेपाली उपभोक्तालाई स्वदेशमै खरिद गर्ने बानीको विकास गर्न र सस्तो दरमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले सस्तो बजार संचालन गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
दसैं सस्तो बजार संघको कार्यालय परिसरमा संचालन हुनेछ । असोज ११, १२, १३ र १४ गते गरी चार दिनसम्म संघले सस्तो बजार संचालन गर्न लागेको हो ।
चार दिनको सस्तो बजारबाट केही हदसम्म भए पनि भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उत्पादनको प्रचार–प्रसार हुने उपभोक्ताले शर्भशुलभमा गुणस्तरी समान पाउने संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताएका छन् ।

विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठानहरुको सहभागिता रहने गरी दसैं बजारमा साल्ट ट्रेडिङ, खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइल्ससहितका १५ देखि १७ वटा स्टलहरु रहने छन् ।
उक्त दसैं बजारमा स्थानीय भैरहवा बजार क्षेत्रबाट करिब दुई हजार ५ सयको संख्यामा उपभोक्ता तथा अवलोकनकर्ताहरुको आवागमन हुने अपेक्षा गरिएको छ । यस अबधिमा करिव ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने संघको अनुमान छ ।
सस्तो बजारमा खरिद गर्ने उपभोक्ताहरुका लागि ५ देखि २० प्रतिशतसम्म छुट सुविधा दिने संघले जनाएको छ । दसैं बजार बिहान १० बजेदेखि साँझ साढे ७ बजेसम्म संचालन हुनेछ ।
संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमा क्षेत्रको बजार भएकाले खरिदका लागि भारततर्फ जाँदा भैरहवाको बजार गुल्जार हुन नसकेको गुनासो गरे ।
यसलाई चिर्न र सस्तोमा गुणस्तरीय सामान उपभोक्तालाई उपलब्ध गराउन दसैं बजार संचालनको तयारी गरिएको उनले बताए ।
संघका उपाध्यक्ष नेत्रप्रसाद आचार्यले नेपाली उत्पादनलाई उपभोक्तालाई थप आर्कषित गरी गुणस्तरीय समान सुनौली भन्दा सस्तोमा उपलब्ध गराउनु पर्नेमा जोड दिए ।
संघका महासचिव विजय पाण्डेले स्वदेशमै किनमेल गर्न उपभोक्तालाई आग्रह गरे ।
संघका सदस्य एवं बस्तुगत मेला प्रदर्शनी तथा व्यवसाय प्रवद्र्धन उपसमिति संयोजक अर्जुन कार्कीले भारतीय बजार सुनौलीमा गएर खरिद गर्ने उपभोक्तालाई रोक्न र स्वदेशी व्यवसायीको प्रबद्र्धन गर्ने लक्ष्यसाथ सस्तो बजार संचालन गर्न लागिएको बताए।
भैरहवासँग जोडिएको भारतीय बजार सुनौलीमा दैनिक हजारौंको संख्यामा नेपाली उपभोक्ता सामान खरिद गर्न जाने गर्छन् । जसके गर्दा करोडौं नेपाली रुपैया भारत भित्रिदा नेपाल आर्थिक रुपले कमजोर बन्दे गएको छ ।

अर्कातर्फ विना भन्सार करोडौंको सामान निर्वाध भित्रिन्छ र मुलुकले करोडौं राजस्व गुमाउँदै आएको छ । समान किन्नका लागि भारतीय बजारमा जाने नेपाली उपभोक्तालाई रोक्नु पर्ने रुपन्देहीका उद्योगी–व्यवसायीले वर्षौंदेखि अघिदेखि राज्यसंग माग गर्दै आएका छन् ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










