शान्ति नमुना माविद्वारा आयोजित फुटवलमा पामिर र अक्सफोर्ड क्वाटर फाइनलमा

दिनेश खड्का
तिलोत्तमा, असोज ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा पामिर मा.वि. र अक्सफोर्ड मा.वि. विजयी भएका छन् ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबीच आयोजित प्रतियोगितामा आजको पहिलो खेलमा पामिरले न्यू इन्भाइरमेन्टलाई हराएको छ । पामिरले न्यू इन्भाइरमेन्टलाई १–० को गोल अन्तरले हराउन सफल भएको हो । पामिरकोे जीतका लागि केशव क्षेत्रीले निर्णायक गोल गर्न सफल भए ।
त्यस्तै दोस्रो खेलमा जनप्रिय मा.वि.लाई अक्सफोर्डले २–१ को गोल अन्तरले हराएको छ । अक्सफोर्डको जीतको लागि सुरज पराजुली र प्रवेश कार्कीले १–१ गोल गर्न सफल भने जनप्रियका तर्फबाट एक मात्र गोल शिशिर सुनारले फर्काएका थिए । जीतसँगै पामिर र अक्सफोर्डले क्वाटर फाइनलको यात्रा तय गरेको शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।   
प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल पशुपति मा.वि. र न्यू होराइजन आवासीय मा.वि.बीच हुनेछ । दोस्रो खेलमा देवदह आवासीय मा.वि. बिरुद्ध शंकर मा.वि. खेल्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
शनिबारदेखि क्वाटफाइनलका खेलहरु हुनेछन् भने फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।