पत्रकार महासंघको विज्ञप्तीप्रति पे्रस चौतारीको बिरोध

बुटवल, असोज ७ गते । नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति प्रेस चौतारी नेपालले बिरोध गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले शुक्रबार विज्ञप्ती जारी गरी पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्नो मूल उद्वेश्य बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका रुपमा राष्ट्रपतिबिरुद्ध बक्तब्यवाजी गरेर गम्भीर गल्ती गरेको बताएका छन् ।
मुलुकभर श्रमजीवि पत्रकार पारिश्रमिक नपाएर पीडित बनिरहेको बेला पत्रकार महासंघ श्रमजीविको पक्षमा कुनै काम गर्न नसकेको विज्ञप्तमिा उल्लेख छ ।
विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्नो मूल उदेश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका रुपमा सम्माननीय राष्ट्रपतिबिरुद्ध समेत बक्तब्यवाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ ।
मुलुकभर श्रमजीवि पत्रकार पारिश्रमिक नपाएर पीडित बनिरहेको बेला पत्रकार महासंघ श्रमजीविको पक्षमा कुनै काम गर्न सकिरहेको छैन । सत्तारुढ गठबन्धनमै आवद्ध दलका नेताले सञ्चालन गरेको टेलिभिजनले लामो समयसम्म श्रमजीवि पत्रकारलाई बिनापारिश्रमिक काम लगाइरहेको र त्यहाँ कार्यरत सञ्चारकर्मी तीन महिनादेखि आन्दोलनमा छन ।
सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक पूर्वाग्रहको आधारमा निश्काषण गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने काम पनि यथावत छ । आफूले गर्नैपर्ने यी सवै बिषयमा पत्रकार महासंघ मौन छ । तर सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर पत्रकार महासंघ राजनीतिक बक्तब्यवाजीमा भने निकै अगाडि देखिएको छ ।
पछिल्लो पटक महासंघको लेटरप्याडकै बदनाम हुने गरी सम्माननीय राष्ट्रपतिबिरुद्ध बिषबमन गर्दै बक्तब्य जारी गर्ने, संबिधानको मर्यादाभन्दा बाहिर गएर राष्ट्रपतिबिरुद्ध बक्तब्य दिने उपराष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक कामप्रति केही नबोल्ने तथा सम्माननीय प्रधानन्यायाधीशलाई सरकारी निवासमै नजरबन्द गर्दा पनि नबोल्ने काम आफैमा खेदजनक छ ।
यी कार्यहरुले पत्रकार महासंघ आफ्नो स्वतन्त्र छवि कायम गर्न सकिरहेको मात्रै होइन, अमुक राजनीतिक दलको मतियार बनेको तथ्य उजागर गर्दछ । प्रेस चौतारी नेपाल पत्रकार महासंघको यस्तो हर्कतप्रति कडा आपत्ति जनाउँदै आफ्ना गलत कामलाई तत्काल सच्याउन आग्रह गर्दछ । साथै श्रमजीवि पत्रकारको हितमा उभ्याउँदै आफ्नो साझा चरित्र कायम राख्न महासंघलाई सुझाव दिन चाहन्छ । नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका बैधानिक निकायमाथि यसैगरी निरन्तर आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवि पत्रकारको शीर निहु¥याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत यसै बिज्ञप्तीमार्फत दिन चाहन्छ ।
हामी चाहन्छौं–नेपाल पत्रकार महासंघले आफ्नो गलत कदम सच्च्यावस, श्रमजीवि पत्रकारका लागि भरोसायोग्य संगठन बनोस र आफ्नो साझा चरित्र कायम राख्दै राजनीति नगरोस ।’ हाम्रो यो सदासयतालाई कमजोरीका रुपमा लिए पत्रकार महासंघले गम्भीर मूल्य चुकाउनु पर्नेतर्फ पनि यसै बिज्ञप्तीमार्फत सचेत गराउन चाहन्छौं ।
. हिरामान लामा
महासचिव