बुटवलमा दशैं सस्तो बजार शुरु

बुटवल, असोज १० गते । बुटवलमा दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा दशैं सस्तो बजार सुरु भएको हो । संघले प्रत्येक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पांच दिन दशैं सस्तो बजार सञ्चालन गर्दै आएको छ । दशै बजार उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उपभोत्तालाई सर्वसुलभ मुल्यमा दैनिक उपभोग्य बस्तु विक्रि गर्न आग्रह गरेका छन् ।
चाडपर्वको समयमा हुन सक्ने कालोबजारीलाई व्यापारी स्वयमले चनाखो भएर ख्याल गर्नर्नुपर्ने मेयर पाण्डेले बताए ।
संघका अध्यक्ष उज्वल कसजुले दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने, बजारमा नयां नोटको सटही गरिने बताए । दशैं सस्तो बजारले उपभोक्तालाई दशैंको बजार गर्न सहज हुने भएकाले संघले हरेक बर्ष दशैं सस्तो बजार आयोजना गर्ने गरेको अध्यक्ष कसजुले बताए ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा सुरु भएको दशैं सस्तो बजारमा नेपाल दुग्ध विकास संस्थान (डिडिसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य सस्थानसहित विभिन्न कम्पनीका घ्यू, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन, नुन, चामल, तेल, चामल, चिया, कफी, अचार, साबुन, कपडा, जुत्ता चप्पल लगायतका दैनिक उपभोग्य सामानसहित, अण्डा, कुखुरा, जिरा मसला, फलफूल लगायतका सामग्रीहरु विक्रि वितरणका लागि स्टल राखिएको छ