लालटिन सहकारीद्धारा क्षमता विकास तथा व्यवसायिक तालिम सम्पन्न

दिपक बस्नेत

बुटवल । लालटिन कृषि सहकारी संस्था लिमिटिडले संचालक सहित उपसमिति सदस्यहरुको लागि दुई दिने क्षमता विकास तथा व्यवसायिक तालिम दिएको छ ।
शिक्षा उपसमितिको सन्वयमा संस्थाका संचालक, लेखा समिति सदस्य तथा उपसमिति सदस्यहरुका लागि पहिलो चरणमा तालिम दिइएको सहकारीका सचिव तथा कार्यक्रम संयोजक राजु पौडेलले जनाकारी दिए ।
क्षमता विकास, सहकारीका सिद्धान्त, आचरण, सहकारीका मुल्य मान्यता जस्ता विषयमा प्रशिक्षक शुक्रराज भन्डारीले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष गंगालाल सापकोटाले सहकारी शिक्षा महत्वपूर्ण पक्षभएकाले सहकारीले नियमित रुपमा यस प्रकारका कार्यक्रम संचालन गर्ने बताए । उनले उपभोत्ता शिक्षा सहित अन्य उत्प्रेरणामुलक कार्यक्रम गर्न सहकारीले योजना बनाइरहेको बताए ।
समापन कार्यक्रम अध्यक्ष सापकोटाको अध्यक्षता, सचिव राजु पौडेलको संचालन तथा शिक्षा उपसमिति सदस्य देवीराम बन्जाडेको धन्यावादमा भएको थियो ।