गठबन्धनप्रति जनताको विश्वास बढेको छ, मैले चुनाव जित्छु – वामदेव क्षेत्री

राजनीतिक क्षेत्रका चिरपरिचत नेता हुन्, वामदेव क्षेत्री । सामाजिक क्षेत्रमासमेत परिचित व्यक्तित्व हुन्, नेकपा माओवादी केन्द्रका नेता वामदेव क्षेत्री । उनै वामदेव क्षेत्री आगमी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) प्रदेश सभा सदस्य पदमा उम्मेदवार बनेका छन् ।
अन्तरिम विधायकसमेत रहेका वामदेव तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्दका एक हस्ती हुन् । गुल्मी मदाने गाउंपालिका वडा नम्बर ६ निवासी बुवा नरिश्वर घिमिरे र माता पवित्रा घिमिरेको कोखबाट जन्मेका क्षेत्री हाल वुटवल –८ सुख्खानगरका स्थायी वासिन्दा हुन् ।
राजनीतिमा अब्बलता हासिल गरेका वामदेवले अर्थशास्त्र र राजनीति शास्त्रमा एमए पास गरेका क्षेत्री वौद्धिक नेताको रुपमा परिचित छन् । राजनीति र विकासका योजनामा योजनाकारका रुपमासमेत परिचित छन् । उनी कृषी विकास बैंकका पूर्व अध्यक्ष, प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्षको जिम्मेवारी पुरा गरेका छन् । उनै नेता बामदेव क्षेत्रीसंग चुनावी गतिविधिबारे नयां दिशा अनलाइनका सम्पादक श्यामलाल पोखरेलसंग भएका संक्षिप्त कुराकानी ।
प्रदेश सभामा तपाईको उम्मेद्वारी किन र केका लागि ?
लामो समय लडेर संविधान सभाबाट बनेको संसवधान गणतन्त्रको रषका लागि आगमी मंसिर ४ गतेको चुनावमा मेरो उम्मेदवारी हो । मेरो चाहानले मात्र मैले प्रदेश सभाका लासिग उम्मेदवारी दिएको होइन पांचदलीय गठबन्धनले विश्वास गरेकाले मैले उम्मेदवारी दिएको हु ।
प्रतिगमनको अन्त्य र अग्रगमनको जीतका लागि मेरो उम्मेदावारी हो । जनताको सेवक हुं सधै सेवक बन्न चाहन्छु त्यसकारण पनि मेरो उम्मेदवारी रह्यो अर्काे कुरा मैले मात्र चाहेर उम्मेदवार भएको होईन संयुक्त वाम लोकतान्त्रिक गठवन्धन छ ति दलका नेताहरुले मलाई विश्वास गरेर पठाउनु भएको छ त्यो विश्वास म मर्न दिने छैन । जनताको सेवक भएर काम गर्न नै मेरो उम्मेदवारी हो ।
यो निर्वाचन क्षेत्र प्राचिन, ऐतिहासिक व्यापारिक र व्यवसायीक केन्द्रको रुपमा विकास भईरहेको नेपाल कै महत्वपुर्ण क्षेत्र हो । यस क्षेत्रको विकासको लागि मतदाताहरुलाई यस अघि ठुलाठुला आश्वासन र सपना बाडियो । ति योजनाले मुर्तरुप लिन सकेन । खोक्रा आश्वासन होइन सहि योजना लिएर हिड्दा मात्र गन्तव्यमा पुग्न सकिन्छ । यहांका स साना समस्या समाधान हुन सकेको छैन । यहांका जनता, उद्योगी व्यवसायीसंगको समस्याहरुको नितिगत रुपमा समाधान गर्न मेरो उम्मेदवारी हो ।
आजभोली घरदैलो अभियानमा हुनुहुन्छ । मतदाताबाट के सन्देश पाउनु भएको छ ?
हामी केही दिन अघि मतदाताको घरदैलोमा पुगेर जनताका समस्या बुझेका छौ र हाम्रा एजेण्डाहरु बताएका छौ ।
मतदाता वा जनताले हाम्रा एजेण्डाप्रति सहमत जनाउंदै हामीलाइृ र मलाई मत दिने प्रतिवद्वता जनाएका छन् । यो क्षेत्रमा विकास नभएको र विकासका नारामात्र बाडिएकाले यस पटक तपाईलाई भोट भनेर जनताबाट आश्वासन पाएको छु । जनताको आश्वासन अनुसार मैले चुनाव जित्छु र जनताको सेबक बन्छु ।
यस अघि निर्वाचित भएकाप्रति वितिष्णा जागेको पाए । हवाई कल्पना गर्ने काम नगर्नेहरुबाट यस क्षेत्रका जनता दिक्क भएको मैले घरदैलोको अभियानका क्रममा पाएको छु ।
जहां गयो जुन घरमा गयो जुन टोल र वस्तीमा गयो त्यहांका जनताले गठबनधनका उम्मेदवार र मलाई स्वागत गर्नुभएको छ । भोट दिन्छौ भन्नुभएको । हामीसंगै हिडेर घरदैलोमा पुगेर पनि भोट माग्दीनु भएको छ । त्यसले गर्दा जनताले जिताउने प्रतिवद्वता जनाएको सन्देश पाएको छु ।
तपाईलाई मतदाताले किन जिताउने ?
मैले यस क्षेत्रको विकासको लागि दिर्घकालिन योजनाहरु अघि सारेको छु । भौतिक पुर्वाधार, युवा तथा खेलकुद, शिक्षा स्वास्थ्य, उद्योग व्यावसायको प्रवद्र्धन, उद्योगी व्यवसायीको संरक्षण, कृषी तथा वातावरण आदी विषयमा मैले शुक्ष्म अध्ययन गरी योजना पेश गरेको छु । त्यसमा मतदाताहरु सन्तुष्ट हुनुहुन्छ । मैले अघि सारेकै एजेण्डा हेरेर मतदाताहरुले मलाई निर्वाचित गराउनुहुने छ । मैले वोलेको कुरा पुरा गर्छु त्यो कुरा सवैलाई थाहा भएको कुरा हो झुठो, उधारो आश्वासन दिदैन वोलेको कुरा पुरा गर्छु । मतदाता सामु गरेका प्रतिवद्धताहरु पुरा गर्छु त्यसैलाई आधार मानेर मतदाताहरुले मलाई अनुमोदन गर्नुहुनेछ ।
तपाईसंग चुनाव जित्ने आधारहरु के हुन् ?
चुनाव जित्ने पहिलो कुरो त गठबन्धन र मैले अग्रगमनको बाटो रोजेको छु । संविधान र गणतन्त्रको रक्षाका लागि प्रतिगामी शक्तिसंग लड्ने जनतालाई विश्वास दिएको छु ।
देश र जनताले चाहेको एजेण्डा बोकेर जनताको घरदैलोमा पुगेको छु । संविधान र गणतन्त्र चाहाने पांचै दल हामी एक ठाउंमा छौ । हामीले जनताका सबै समस्या समाधान गर्ने भनेर लागकाले र जनता पांच दलीय गठबन्धनको पक्षमा उभिएकाका कारण चुनाव जित्ने आधार बनेको छ ।

यस अघि धेरै पटक एउटै उम्मेदवारलाई जनताले परिक्षण गर्नुभयो । चुनाव जिताउनु भयो, तर निर्वाचित भएकाहरुले जनचाहना अनुसार काम गर्नु भएन । यस्तो पुल वनाउछु उस्तो सडक बनाउछु भन्नु भयो तर हेर्नुस त बुटवल– नारायणघाट सडकको अवस्था ? जित्ने आधार ४ वटा छन । एक त गठवन्धन, उम्मेदवारको छवि, जनताको जनलहर, र मतभार हो । मतभार हेर्दा गठवन्धनका सबै उम्मेदवारको जित निस्कन्छ । जित्ने आधार सुनिश्चित भएको छ । जितेको अनुभूती गरेको छु । जितको शुनिश्चितता देखेर विपक्षीहरु तिक्डम र षडयन्त्र गरेका छन् । नमुना मतपत्रमा हाम्रा चिन्ह हटाएर बाडिएका छन् । चुनावी माहोल बन्दे गएपछि प्रतिगमनकारीहरुमा छटपटी देखिएको छ । उनीहरुले हारको महशुस गरिसकेका छन् ।
तपाई प्रदेश योजना आयोगको उपाध्यक्ष पनि हुनुभयो । जनताको पक्षमा के काम गर्नुभयो ?
बुटवल र यस आसपासको क्षेत्र व्यापारिक केन्द्र हो । औद्योगिक विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो । यो क्षेत्र भौगोलिक रुपमा सुगमता र प्राकृतिक विपत्तीको जोखिम क्षेत्र पनि हो । गत वर्षामा लक्ष्मीनगर ज्योतिनगर पहिरोले वितण्डा मच्चायो । हामीले जनतालाई प्रत्यक्ष राहत हुने काम गर्यौ र यसको समाधानको दिर्घकालिन योजना बनाएका छौं । राष्ट्रिय योजना आयोगसंग सहकार्य गरेर डेढ करोडको काम भएको छ । जसका कारण जनताले राहातको महशुस गर्नुभएको छ ।
तिनाउ नदी यस क्षेत्रको वरदान हो अभिशाप नहोस भन्नको लागि योजना अघि सारेका छौं । स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विषयमा दिर्घकालीन योजना बनाएका छौं । त्यसलाई कार्यान्वयन गर्न पनि जित आवश्यक छ ।

कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने, लुम्विनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने, बुटवल वहुमुखी क्याम्पसलाई आधुनिकिकरण गरी अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, बुटवल अटोभिलेज इन्जिरियरिङ कलेज स्थापना गर्ने, नयां गाउंमा सूचना केन्द्र स्थापना गर्ने, महाविर पुस्तकालयलाई इलाईव्रेरीमा रुपान्तरण गर्ने, पढ्दै पढाउदै कार्यक्रम संचालन गर्ने शिक्षा क्षेत्रका योजना हुन ति कतिपय प्रकृयाको चरणमा छन् । लुम्विनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने, प्रत्येक वडामा चिकित्सक नर्सिङ प्रोफेसनल फार्मासिष्ट र नियमित जांचको लागि डायगनोस्टिक ल्याव सहित स्वास्थ्य सुविधा दिने योजना अघि सारेको छु ।

सबै सडकहरुलाई हिलो धुलो मुक्त आधुनिक र सुरक्षित सडक निर्माण गर्ने, शहरी क्षेत्रमा सवै विद्युतिय तारलाई अण्डर ग्राउण्ड गर्ने, तिनाउ नदीमा दोहोरो रिटनिङ वाल लगाई जलासय निर्माण गरि वोटिङ संचालन गर्ने, विभिन्न जातजातिको भाषा संस्कृतीको संरक्षण, सैनामैनामा थारु संग्राहलय वनाई थारु संस्कृतीको संरक्षण गर्ने, गोलपार्क – तिलोत्तमा – भैरहवा लुम्विनी – रामापुर– मुर्गिया हुदै बुटवलसम्म ट्रामा रेल सम्भाव्यता अध्ययन गर्ने, रासायनिक मल कारखाना स्थापना गर्न पहला गर्ने, तिलोत्तमा सैनामैना र वुटवल जोड्ने चक्रपथ निर्माण गरी ढलको वैज्ञानिक व्यवस्थापन गर्ने योजना अघि सारेको छु ।
निर्वाचित भएपछि यही क्षेत्रका जनताको सेवक भएर काम गर्नुहुन्छ भन्ने कसरी मतदाताहरुले विश्वास गर्ने ?
म राजनीतिबाट आएको हु । राजनीति आफैमा सेवा हो । जुन जनताको अधिकारसंग जोडिएको छ । म जनतालाई कसरी अधिकार दिन सकिन्छ र देशलाई कसरी विकसित र बैज्ञानिक बनाउन सकिन्छ भन्ने विषयमा मेरो लोमो संघर्ष छ ।। यहांका जनतासंग संगै सुखदुःख साट्दै आएको छु ।
म निर्वाचित भएपनि नभए पनिसंगै रहन्छु । जनताको गुनासोलाई सम्वोधन गर्न, जनतासंग प्रत्यक्ष जोडिन सोही अनुसारको संरचना निर्माण गर्नेछु । सैनामैना र वुटवलमा नियमित सम्पर्कका लागि सम्पर्क कार्यालय नै संचालन गरी जनताको सेवक बन्ने छु ।
यहांले मतदातासंग के कस्ता प्रतिवद्धता जनाउनु भएको छ ?
चुनावी अभियानको क्रममा घरदैलोमा होस् सडक वा अन्य ठाउंमा होस मैले भन्दै आएको छु मैले जनताप्रति विश्वासघात गर्दैन । सधै जनताको सेवक बन्छु । गलतको बिरोध गर्छु । सही कामको समर्थन गर्छु र सधै विकास र जनताको आवाजसंग मेरो समर्थन हुने छ भन्ने मैले जनतासंग प्रतिवद्वता जनाएको छु ।
यो संविधान र गणतन्त्र बचाउनका लागि म सधैभर दृढ भएर प्रतिगमनका बिरुद्व लड्ने प्रतिवद्वता जनाएको छु । जसले गर्दा यो क्षेत्रका जनताले मलाई विश्वास गर्नुभएको छ ।