जनताको साथ छ चुनाव जित्छु – सागर केसी

नेपालको राजनीतिक वृत्तमा चिरपरिचित नाम हो सागर केसी । अर्घाखांचीको धारापानी निवासी सागर केसी नेपाली कम्युनिष्ट आन्दोलनमा खारिएका नेता हुन् । नेकपा मसालमा लागेर लामो समय काम गर्दै आएका सागर केसी राष्ट्रिय जनमोर्चाका केन्द्रिय तहका जिम्मेवार नेता पनि हु्न् । विश्वासीला र त्यागी सादगी नेतामध्ये एक हुन सागर केसी ।
अर्घाखांची धारपानी सानवल भन्ने गाउंमा २०१७ सल असोज १५ गते बुवा तिलकबहादुर खत्री र आमा सुमित्रा खीको कोखबाट जन्मिएका नेता सागर केसी २०३२ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका काम गर्दै आएका छन् । उनै सादा जीवन र उच्च बिचारका धनी सागर केसी यही २०७९ मंसिर ४ गते हुने निर्वाचनमा अर्घाखांचीबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सभा १ क बाट उम्मेदवारी दिएका छन् ।
प्रदेश सभा उम्मेदवार सागर केसीसंग नयां दिशा अनलाइनका सम्पादक श्याम पोखरेलसंग निर्वाचनबारे भएका संक्षप्ती कुराकानी ।
तपाईको उम्मेदवारी किन र के का लागि ?
अग्रगमनको पक्षमा प्रतिगमनका बिरुद्व र जनताको अहिलेको अवस्थामा परिवर्तन ल्याउन मेरो प्रमुख उम्मेदवारी हो । म पार्टी क्रान्ति, परिवर्तनका लागि जनताको पक्षमा उभिएकाले पार्टीले विश्वास गरेपछि पांच दलीय गठबन्धनको तर्फबाट प्रदेश सभाका लागि अर्घाखांचीबाट साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएको हु ।
विगतमा यो क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिहरुले राष्ट्र र जनताको हितमा काम गर्न सकेनन् । विकासको लागि पनि स्वच्छ र निश्पक्ष तवरबाट भूमिका निर्वाह गर्न नसकेको कुरा जनताले राम्रोसंग बुझेका छन् । 
समग्र जिल्ला र यो क्षेत्रको विकासका लागि नयाँ सोंच र बिचारका साथ अगाडि बढ्न सकियो भने मात्र अर्घाखांचीको विकास र समृद्धिका ढोकाहरु खुल्छन् र त्यसका लागि हामीले जिम्मेवारी लिनुपर्छ भन्ने मान्यताका साथ पार्टीको योजना अनुरुप मैले उम्मेद्वारी दिएको छु । मैले पार्टीले दिएको जिम्मेवारी पुरा गरी जनताको अपेक्षा र चाहाना अनुसार काम गरेर देखाउने मेरो अठोट छ ।
तपाईले चुनाव जित्ने आधार के हो ?     
मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको हैन । करिब ५ दशकदेखि लगातार पार्टी संगठन र समाजको लागि काम गरेको छु । हाम्रो पार्टीले प्रत्यक्ष वा अप्रत्क्षरुपमा आज सम्मका परिवर्तनमा महत्वपूर्ण भूमीका निर्वाह गरेको छ त्यसमा म पनि संलग्न छु । जनताको सुखदुखमा साथ दिएको छु । अर्घाखांचीका जनतासंग मेरो घनिष्ट सम्बन्ध छ । म जनताको साथमा छु, मलाइ जनताको भर र विश्वास छ । मैले अहिलेसम्म जनताप्रति कुनै अविश्वास हुने खालका काम गरेको छैन । जसले गर्दा मेरो लगनशीलता विश्वास, पार्टीको म माथिको विश्वास छ, त्यसकारण मैले चुनाव जित्छु भन्ने विश्वास छ ।
मैले चुनाव जित्नुको मुख्य आधार जनता र पार्टीको मप्रति विश्वास एउटा आधार हो । त्यस्तै पांच दलीय गठबन्धनको साभाm उम्मेदवार भएकाले चुनाव जित्ने अर्को आधार हो मेरो । त्यस्तै हाम्रो जिल्ला र हाम्रो क्षेत्रमा पांच दलीय गठबन्धनको भोट धेरै छ, त्यसकारण मैले चुनाव जित्छु ।
त्यस्तै वैचारिक तथा सैद्धान्तिक रुपमा फरक स्थानमा रहेपनि जिल्ला तथा स्थानिय स्तरका मुद्धा मामिला र झैझगडा मिलाउन र जिल्लाको विकासको लागि म संलग्न छु । जिल्लाका सबै तह र तप्काका आदरणिय मतदाताहरुले यो कुरा बुझ्नु भएको छ ।
मेरो प्रतिपक्ष चेतनारायण आचार्यसमेत सकरात्मक भएकाले यस चुनावमा मैले जित्छु नै । मलाई जनताको साथ छ त्यसकारण मैले चुनाव जित्छु
चुनावको तयारी के कस्तो छ ?
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनमा छ । हामी गठबन्धन दलकबीच सामूहिक कार्यक्रम बनाएर जनताको मन जित्ने गरी घरदैलोमा जाने कार्यक्रम छन् ।
गठबन्धन दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरण आम मतदाता, नेता कार्यकर्तासंग भेटघाट सम्पन्न भईसकेका छन् । र हामी दोस्रो चरणमा पनि अझै मसिनो गरि जनता माझ जाने तयारी गरेका छौं ।
      तपाईहरुको पार्टी कांग्रेसको पछाडि हिड्यो भन्ने आरोप छ, के राष्ट्रिय जनमोर्चा कांगे्रसकै पछि लागेको हो त ?
मिडिया र मिडियाकर्मीहरुले बुझ्न र जनताले बुझ्ने गरी मिडिया लेख्न आवश्यक ठान्दछु मैले ।राष्ट्रिय जनमोर्चा कांगे्रसको पछिलाग्यो भन्ने प्रतिगामी, बिरोधीहरुको झुटा आरोप हुन् । बिरोधी तथा प्रतिगामीहरुले कहिल्यै पनि कम्युनिष्ट पार्टीप्रति सकरात्मक हुदैनन् । राष्ट्रिय जनमोर्चाले ७० वर्ष लामो लगडाई लडेर ल्याएको २०७२ को संविधान र गणतन्त्रको रक्षाका लागि कांगे्रस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीसंग चुनावी गठबन्धन गरेको हो ।
यो पांच दलीय गठबन्धनमा कांगे्रस मात्र छैन । अग्रगमन चाहाने अन्य पार्टी पनि छन् । यो संविधानको कैयौ अन्तर वस्तुसंग हाम्रा बिमती छन् । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता स्वीकारको छैन । यो संविधान २०४७ को भन्दा प्रगतिशील भएकाले हामीले यो संविधानलाई फेल गराउन हुन्न । यसलाई रक्षा गरेर अगाडी बढी सामान्य जनताका आधारभूत समस्या समाघान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ ।
यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितीको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । सैद्धान्तिक रुपमा हामी फरक विचार राख्ने पार्टीका मान्छे हांै । तर केपी ओलीको सरकारले २।२ पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडकदेखि आवाज उठायौं र संसद पुनस्थापना भयो ।।
त्यति बेलादेखि नै हामी ५ दल भित्र रहेका पार्टीलाई के लाग्यो अब केपीको यस प्रकारको स्वेच्छाचारी र अधिनायकवादी कदमलाई तोड्न सकिएन भने देश प्रतिगमन तिर जान्छ भन्ने लागेर त्यतिबेला नै हामी तर हामी गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको लागि गठबन्धन गरेर आन्दोलनमा सहभागी भएको छौं । र अहिले पनि त्यहि अनुसार गठबन्धन बनाएर अगाडि बढेका छौ । अर्घाखाँचीको सन्दर्भमा हामी कोही कसैको अगाडि पछाडि लाग्ने भन्दा पनि आपसी सल्लाह सहमतिका साथ अगाडी बढेका छौं ।
राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । यहाँको उम्मेदवारी पनि प्रदेश मै यो त अलि सुहाएन जस्तो छ नी ?
संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम छ । नेपालको हकमा हामीले संघीयतालाई स्वीकारदैनौ । तर हाम्रो उम्मेदवारी संघ प्रदेश दुवै तहमा छ । हामीले जितेपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि अवाज उठाँउछौ । संघीइता पूर्णरुपमा खारेज नहुंदासम्म सडक र सदनबाट हामी संघीयताको बिरोध गर्छौ र जनतलाई सचेत बनाउंछौ ।
तपाईले कस्ता एजेण्डा लिएर जनातसंग भोट माग्न जानुभएको छ ?
हामीसँग जनताको माझमा जानको लागि एजेण्डा र मुद्धाको कमी छैन । हामीले हिजोपनि जनताको सेवक भएर काम गरेका हौ । हामी आज पनि जनताका सेवक हौ र हामी भोली पनि जनताका सेवक बन्ने छौ । राजनीति भनेको सेवामूलक पेशा हो । हामीले राजनीतिलाई व्यवसाय र उद्योग बनाउने छैनौ । राजनीतिलाई व्यवसाय र एदोग बनाउनेका रिुद्व हाम्रो सम्झौताहिन संघर्ष जारी रहने छ ।
चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टचार अनियमितता व्याप्त छ, यसलाई रोक्नुको अर्को विकल्पै छैन । विकास निर्माण कार्यमा भएका थुपै्र प्रकारमा अनियमितता लाई रोकेर पारदर्शी गर्नुपर्नेछ । कृषिलाई आधुनिकिकरण गरेर व्यवसाय र आयमुलक तरिकाबाट अगाडि बढाउनुपर्नेछ ।
जिल्लालाई पर्यटनको विकास गर्नुपर्ने छ । सुपादेउराली देखि सन्धिखर्क अर्घा बामरुक नर्सिङथान बल्कोट लगायतका ठाँउहरुमा पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । शैक्षिक गुणस्तर वृद्धि गरि व्यवसायिक शिक्षा प्राप्तीको लागि विशेष ध्यान दिईनेछ । अस्पतालको नाजुक अवस्था छ । यसको स्तरोन्नतिमा ध्यान दिईने छ सामन्य विरामी बुटवल जानपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ । करिब ५० प्रतिशत रोगको उपचार जिल्लाबाट नै हुन सक्ने व्यवस्था मिलाउनु पर्छ भनेर सोचिरहेका छौं । मुद्धाहरुको अभाव छैन र बरु समधान भोलिका दिनहरुमा कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्ला वा जिल्ला बाहिर रहेका विद्धान बुद्धिजीवीहरुसँग छलफल गरेर जिल्लाको विकासको लागि लाग्नु पर्नेछ ।
गठबन्धन गर्नुको मुख्य कारण के हो ?
देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्र रक्षा धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरे सम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनिति अस्थीरताको कारणले विकासमा बाधा पुग्यो । कम्युनिष्ट विचारधारा पनि रक्षा हुन नसक्ने अवस्था आयो र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका छौं । जितको लागि भन्दा पनि सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि यो आवश्यकता बन्यो ।
तपाईले जितेपछि तपाईको क्षेत्रका मतदाताले के आशा गर्ने ?
हामीले जनतालाई झुट्टा आश्वासनहरु बाँडेका छैनौं । जितेपछि आपसी सल्लाह अनुसार जनताको माग र आवश्यकता अनुसार कहाँ के गर्नु पर्छ त्यो अनुसार योजना बनाएर काम योजना बनाएका छौं ।
एमालेसंग डराएर पांच दलीय गठबन्धन भएको भन्ने आरोप छ, तपाई के भन्नुहुन्छ ।
यो सरारस झुटको खेती हो । मैले यस अघि नै भनी सके पांच दलीय गठबन्धन प्रतिगमनका बिरुद्व हो । यो संविधान र गणतन्त्रको रक्षाका लागि हो । कसैसंग डराउने विषय छैन ।
नेपालको इतिहांसको खासखास मोडमा अग्रगामी शक्तीबीच कार्यगत एकता र गठबन्धन हुने गरेको छ । इतिहांसले प्रमाणित गरेको छ । हामी पञ्चायतको अन्त्यका लागि २०४६ को जनआन्दोलनमा, २०६३।०६३ को जनआन्दोलन लगायतका विशेष अवस्थामा कांगे्रस कम्युनिष्ट एक भएर लडेका अन्य पनि थुप्रै इतिहांस छन् । त्यो सबैले अध्ययन गर्न जरुरी छ ।