मंसिर ४ गतेको पर्खाइमा छु चुनाव जित्छु – दीर्घबहादुर केसी

व्यवसाय, खेखकुंद र सामाजिक क्षेत्रमा काम गरेर आफ्नै खालको परिचय बनाएका छन्, रुपन्देहीका दीघृबहादुर केसी (कुमार)ले । आफ्नै खालको पहिचान बनाउन सफल केसी आगमी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचन रुपन्देही २(क)बाट कांगे्रसको तर्फबाट पांच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट साझा उम्मेदवार केसी अहिले चुनावी प्रचारको क्रममा घरदैलोमा केन्द्रित छन् ।
अखिल नेपाल फूटवल संघ (एन्फा)का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहनु भएका केसीले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रंगशाला बनाउने ड्रिम प्रोजेक्ट अगाडि सारेका नेपाली कांगे्रसका युवा नेता चुनाव जित्ने विषयमा ढुक्क छन् ।
उनी नेपाली काँग्रेसको महासमिति सदस्य, लुम्बिनी प्रदेश समितिका सदस्य, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश समितिका सल्लाहकार, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी संघ बुटवलमा पूर्व अध्यक्षसमेत हुन् ।
सबै क्षेत्र र बिरोधी दलका समर्थकहरुले पनि आफुलाई मत दिने भएकाले आफुले चुनाव जित्नेमा दीर्घबहादुर केसी ढुक्क छन् ।चुनावी प्रचार प्रसारको क्रममा घरदैलोमा रहेका उनै प्रदेश सभा उम्मेदवार दीर्घबहादुर केसी (कुमार) संग नयां दिशाका सम्पादक श्यामलाल पोखरेलसंग भएका संक्षिप्त कुराकानी ।
निर्वाचनलाई कसरी लिनुभएको छ र तयारी कस्तो छ ?
आगमी मंसिसर ४ गते हुने निर्वाचनलाई मैले सहज रुपमा लिएको छ । पहिलो पटक प्रदेश सभा निर्वाचनमा उम्मेदवार भएपनि मलाई त्यस्तो अश्वभाविक महशुस गरेको छैन । सामान्य रुपमा ल्याएको छु । किनकी मलाई साथ सहयोग गर्ने मेरो पार्टी नेपाली कांगे्रस, पांचदलीय गठबन्धन र मेरा शुभचिन्तक, साथिभाई, व्यवसायी, साथीहरु, खेल क्षेत्रका साथीहरु आफन्तजन, घरपरिवारसबै मेरै साथमा भएकाले पनि मैले यो चुनावलाई सामान्य रुपमा ल्याएको छु, भने जित्नका लागि पनि मलाई सहज भएको छ ।
मेरो टिमले सहज रुपमा तयारी राम्रो छ, राम्रोसंगै प्रचारप्रसार भईरहेको छ । निर्वाचन प्रचार प्रसारको लागि मुल समिति र वडा तहमा समितिहरु गठन भएका छन् ती सबै परिचालित भएका छन् । अहिले हामी मुलतः घरदैलो कार्यक्रममा केन्द्रित भएका छौं । घरदैलोमा जाँदा र मतदाताको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ ।
निर्वाचन जितेपछिका तपाईका योजना के के छन् ?
हामीले गर्नै नसक्ने, हुनै नसक्ने ठूला योजना बनाएका छैनौं । वास्तवमा यहाँका जनताका आवश्यकता समेटेका छौं । गर्न सक्ने, जनताका आवश्यकतालाई ध्यान दिएर योजना बनाएका छौं । ताकी निर्वाचन जितेर गईसकेपछि पनि ती काम गर्न सकियोस् । झुटा सपना बांडेर मतदातालाई हामी ढाँट्न चाहन्नौं ।
वास्तवमा जनताको आवश्यकता नै हाम्रो प्राथमिकता हो । सामान्यतया यहाँ रहेका बाटाघाटालाई स्तरोन्नती गर्ने, यहाँ रहेका सिचाईँका नहरहरु १६÷३६ कुलो, तपाहाका कुलो र अरु पनि व्यवस्थित गरेर सिचाईमा सुविधासम्पन्न बनाउन चाहन्छौं । त्यस्तै धार्मिक मठमन्दिरहरुलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ, त्यसमा ध्यान दिएका छौं ।
त्यस्तै यस क्षेत्रमा मेरो एउटा ड्रिम प्रोजेक्ट छ । विभिन्न छरिएर रहेका खेलकुद, खेलाडी साथीहरु एकै ठाउँमा रहेर खेलुन भन्ने उद्देश्यले एउटा ठूलो रंगशाला बनाउने योजना बनाएको छु । त्यो रंगशाला बनिसकेपछि ईनडोर र आउटडोरका खेलहरु एकैठाउँमा खेलाउने लक्ष्य छ ।
तपाई अखिल नेपाल फूटवल संघको उपाध्यक्ष पनि हुनुहुन्छ, मजदुर नेता पनि हुनुहुन्छ । त्यस क्षेत्रको उत्थान र विकासका लागि के कस्ता योजना छन् ?
मैले विगतमा फूटवल संघमा दुई कार्यकाल रहेर काम गरें । त्यहाँ रहेर काम गर्दा राम्रो व्यवस्थापनमा काम गरेको हो । त्यस्तै ट्रेड युनियन मुभमेन्टलाई पनि राम्रोसँग बुझेको छु । यस क्षेत्रको समस्या र समाधान मलाई राम्रोसँग थाहा छ ।
यी दुबै क्षेत्रलाई नजिकबाट हेरेको छु । यस क्षेत्रको धेरै लामो समयदेखि रोकिएको तिलोत्तमा गोल्डकप हामीले सुरु गरेको हो । हामीले त्यो सुरु गर्दैगर्दा राम्रोसँग व्यवस्थापन गरेर निरन्तर रुपमा भईरहेको पनि थियो । पछिल्लो दुई वर्ष कोभिडको कारणले रोकिएको छ । अव त्यो निरन्तर हुनेछ । त्यसमा मेरो पूर्ण सहयोग हुने छ । म निर्माण व्यवसायी संघमा हुँदा मैले गरेका कामहरु अझै पनि हेर्न सक्नुहुन्छ ।
मैले काम गर्दा ईमान्दारीपूर्वक गुणस्तरलाई मेनटेन गरेर काम गरेको छु । अरु क्षेत्र जस्तै यातायात क्षेत्रमा काम गर्दा पनि मैले इमान्दारीपूर्वक काम गरेको छु । यो यातायात क्षेत्रको बाहुल्य भएको ठाउँ पनि हो, ट्रेड युनियन अभियानमा पनि मेरो योगदान छ, खेल क्षेत्रको विकासमा त्यस्तै लगाव भएका कारणले पनि यी सबै क्षेत्रबाट मैले राम्रो समर्थन पाएको छु ।
तपाईले मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
म यहि समाजमा हुर्किएँ, यहिको माटोमा खेलें, यहिको बाटोमा हिँडे । म निर्वाचनका सन्दर्भमा नयाँ अनुहार होला, तर सबैको परिचित अनुहार हो । जनताले नयाँ अनुहार खोजेका छन् । युवा खोजेका छन् । मतदाताको सकारात्मक प्रतिक्रिया र मलाई सहयोग गर्ने वचन पनि दिएकाले म निकै उत्साहित भएको छु ।
चुनाव जित्न सक्नुहुन्छ त ?
मलाई चुनाव जित्न समस्या छैन, ढुक्क जित्छु । मंसिर ४ गतेको पर्खाइमा छु । मतदाताको साथ, सहयोग र समर्थन उत्साजनक छ । मतदातासंग जनाएका प्रतिवद्वता चुनाव जितेर पुरा गर्ने छु ।
मैले गरेका बाचाहरु कार्यान्वयन गर्ने छु । म अन्तिम पटक होईन, पहिलो पटक मतदाताको माझमा मत माग्न आएको छु । मलाई भोली पनि जनताको माझमा आउनु पर्छ भन्ने पूर्ण ज्ञान छ । त्यसैले मैले बाटो नबिराईकन काम गर्ने छु ।
मतदातालाई के भन्नुहुन्छ ?
पहिलो कुरो त मैले मतदाताका अगाडी बोलेका कुरा भुल्ने छैन । मतदाताहरुको विश्वासलाई कहिल्यै विश्वास घात गर्ने छैन । त्यसका कारण कतै नअलमलिकन मलाई मतदान गरेर बहुमतका साथ जिताउन आग्रह र अनुरोध गर्दछु ।
भगवानरुपी मतदातालाई मेरो यो अपिल छ की, आगामी मंसिर ४ गते हुन गईरहेको चुनावमा मलाई रुख चिन्हमा मतदान गरी विजयी गराउनु हुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।
यस्ता छन् दीर्घबहादुर केसीका प्रतिवद्धताहरु
देशको विकासका लागि निर्वाचित जनप्रतिनिधिको हैसियतले निवाहा गर्नु पर्ने भूमिकाका बारेमा उनी सचेत छन् । उनले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा भनेका छन्–प्रदेशलाई समुन्नत र विकसित बनाउने अठोट लिएको छु । त्यसका लागि ठोस योजना र कार्यक्रम तर्जुमा जरुरी हुन्छ, मैले प्रदेशको भौतिक पूर्वाधार र मानवीय विकासका लागि वहस र पैरवी गर्ने जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत हुनेछु ।
उनले आफ्नो प्रतिवद्धतामा प्रदेशमा गरीवी निवारण, शिक्षा, स्वाश्थ्य, रोजगारी, कृषि, पर्यटन, भौतिक विकास एवं पूर्वाधार निमार्ण, सुशासन, महिला सशक्तिकरण, औद्योगिकीकरण आदी समग्र क्षेत्रमा ठोस काम गर्ने जनाएका छन् । यसका साथमा उनको महत्व र कर्म क्षेत्रका रुपमा रहेको खेलकुद र युवाहरुको समग्र विकासमा दुई कदम अगाडी बढेर काम गर्ने प्रतिवद्धता रहेको छ । उनले भनेका छन्–बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नंं ४ डिंगरनगरमा रङ्गशाला निमार्ण गर्न पहल गर्ने र खेलको माध्यमबाट युवाहरुको जिवनशैलीमा सुधार ल्याउने छु ।