रुपन्देहीलाई विकसित जिल्ला बनाउंछु – गृहमन्त्री खांण

बुटवल,कार्तिक २९ गते । गृहमन्त्री बालकृष्ण खांणले रुपन्देहीलाई विकसित जिल्ला बनाएरै छाड्ने बताएका छन् ।
रुपन्देहीको विकासले मुलुकभर विकासको सन्देश दिन सक्ने बताउंदै त्यसका लागि प्रतिबद्ध भएर लाग्ने बताए ।
मंगलबार पांच दलीय गठबन्धनले रुपन्देहीको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका गृहमन्त्री खांणले विकासमा रुपन्देही एक नम्बर जिल्ला बनाएरै छाड्ने प्रतिवद्वता जनाए ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका खांणले मोतिपुर औद्योगिक क्षेत्रका बासिन्दाको व्यवस्थापन गरेर मात्रै औद्योगिक क्षेत्र निर्माण हुने बताए ।
विकास गर्दा कुनै नागरिकको आँशु झार्न नहुने जनाउंदै उनले – हामीले सधैं नागरिक खुशी हुने गरी काम गर्नेछौ ।
क्षेत्र नम्बर ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले एमाले राप्रपा र जसपाको तीन दलीय गठबन्धनका उम्मेदवारहरुसंग कुनै योजना र एजेण्डा नभएको आरोप लगाए ।
क्षेत्र नम्बर ३ (ख)का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रामचन्द्र ढकालले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न हुंदैन भन्दा अहिलेका विपक्षी दलका उम्मेदवारले दाङ लैजान भूमिका खेलेकोे बताए ।
आमसभामा बोल्ने पांच दलीय गठबन्धनका नेताहरुले गठबन्धलाई मत दिन आग्रह छन् ।
प्रतिगमनले जिते देशमा प्रतिगमन हावी हुने र मुलुको अवस्था झनै कजोर हुने दावी गरे ।