रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा निर्वाचित, गृहमन्त्री खांण पराजीत

बुटवल, मंसिर १० गते । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट राप्रपाका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । एमाले,राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त तालमेलबाट राप्रपाका नेता दीपक बाहोरा निर्वाचित भएका हुन् ।
निर्वाचित बोहोराले पांच दलीय गठबन्धनका उम्मेदवार कांगे्रस नेता गृहमन्त्री बालकृष्ण खांणलाई पराजीत गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित दीपक बोहोराले ३६ हजार ७ सय १७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । बोहोराका प्रतिद्वन्द्वी कांगे्रस नेता बालकृष्ण खांणले ३४ हजार ३६ मत प्राप्त गरी पराजीत भएका छन् ।
पराजीत बालकृष्ण खांणले भन्दा २६ सय ८१ बढी मत प्राप्त गरी राप्रपाका बरिष्ठ नेता दीपक बोहोरा विजयी भएका हुन् ।