बुटवलको लुम्बिनी सिटी अस्पतालबाट निःशुल्क स्वास्थ्य शिविर

बुटवल,  पुस ४ गते । बुटवलको लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल सायन्स प्रालिले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्वास्थ्य सेवा दिंदै आएको लुम्बिनी सिटी अस्पतालले यही पुस ६ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको छ ।
अस्पतालका सञ्चालक बिदुरबहादुर जीसीका अनुसार पुस ६ गतेदेखि २९ गतेसम्म निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराएका छन् ।
सञ्चालक जीसीका अनुसार सम्बन्धित क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिने छ ।
२३ दिनसम्म चल्ने उक्त निःशुल्क स्वास्थ्य शिविरमा महिला तथा प्रसुति, छाला तथा यौन रोग, नसा, हाडजोर्नी, वाथ रोग, शरिर झमझमाउने, वाथ रोग, सर्जरी, नाक, कान, घाटी, वाल तथा शिशु रोग, मानसिक रोग, पेट तथा कलेजो रोग, सुगर, पे्रसर, मुटु रोग र मृगौला लगायत अन्य विभिन्न रोगको उपचार गरिने छ ।