लक्ष्मी सामाजिक बहुउद्धेश्य सहकारीको साधारण सभा

बुटवल, पुस २३ गते । लक्ष्मी सामाजिक बहुउद्धेश्य सहकारीको पांचौ वार्षिक साधरण सभा भएको छ । सहकारीले एक वर्षको आर्थिक आयब्याय प्रस्तुत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बीनि प्रदेश सभाका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य चेतनाराण आचार्यले संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकाहरुले सहकारी ऐन खुकुलो बनाउंद सहकारी च्याउ झै उम्रिदै गएको बताए । प्रदेश सरकारले कानुन निमार्ण गरी एउटै प्रकृतिका सहकारी स्थापना नहुने गरी कानुन निमार्ण गर्नुपर्ने बताए ।
सहकारीको माध्यमबाट उत्पादनसंग जेडिन सक्ने भएकाले कसिानहरुलाइृ सहकारीमा आवद्वता गराउनु पर्नेमा जोड दिए ।
उनले कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई सहकारीको अनुदान मार्फत उत्पादनसंग जोड्नु पर्छ भने ।
सहकारीका अध्यक्ष खुबीराम आचार्यलले सहकारीप्रति मानिसको रुची दिनप्रति दिन बढदै गएको बताउंदै सहकारीको माध्यामबाट गरिबी निवारण गर्न सघाउ पुग्न बताए ।
लक्ष्मी सहकारी २ सय सदस्यबाट बढेर अहिले ५ सय सदस्य जना सदस्य पुगेको अध्यक्ष खुवराम आचार्यले जानकारी गराए ।
कार्यक्रममा प्रदेश पर्याटन बोर्डका रामु जोशी लगायतले मन्तब्य राखेका थिए ।
खुबीराम आचार्यको अध्यक्षता र सचिब बाबुराम बन्जाडेको सन्चालनमा कार्यक्रम भएको थियो ।