आयुर्वेद एशोसिएसन र रक्षा आयुर्वेदिक औषधालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

बुटवल, पुस २५ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल र रक्षा आयुर्वेदिक औषधालयको संयुक्त आयोजनामा आयोजीत उक्त निःशुल्क स्वास्थ्य शिविरमा २ सय १३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
एक दिने स्वास्थ्य शिविरमा पाईल्स फिसर, फिस्टुला, पेट सम्बन्धी रोग र हार्डजोर्नी तथा नसा बाथको चेकजांच गरिएको थियो ।
विशेष गरेर तिलोत्तमा नगरपालकालाई मध्येनजर गरी स्वास्थ्य शिविरको आयोजना गरिएको राष्ट्रिय आयुर्वेदिक एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष  शालिकराम भुसालले जानकारी गराए ।
तिलोत्तमा नगर क्षेत्रलाई विशेष महत्व दिईएपनि स्वास्थ्य चेकजौच तथा उपचारका लागि नवलपरासीबाट पनि कैयौ दीर्घ रोगीहरु आएका थिए ।
फिजिसियन विशेषज्ञ डाक्टर रमेश केसीसहितको टोलीले स्वास्थ्य चेकजांच गरेको थियो ।
उपचारमा संलग्न डाक्टर रमेश केसीले जेष्ठ नागरिकहरुमा बढी समस्या देखिएको र स्वास्थ्य शिविरमा धेरैजसो हार्डजार्नीका विरामीले उपचार गराएको जानकारी गराए ।

स्वास्थ्य चेकजांचपछि बिरामीका लागि ३ लाख ५० हजार बराबरको औषधी निःशुल्क रुपमा  उपलब्ध गराईएको रक्षा आयुर्वेद औषधालय सञ्चालक शालिकराम भुसालले जानकारी गराए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ५ पुरानो हाटबजार नजिक सञ्चालित रक्षा आयुर्वेदिक औषधालयको १५ औं १५ औं वार्षिक उत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।