सामाजिक बचत सहकारीको वार्षिक साधारण सभा

बुटवल, पुस २५ गते । सामाजिक बचत तथा क्रण सहकारीको २० औं बार्षिक साधरण सभा सम्पन्न भएको छ । संस्थाको एक बर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गदै साधररण सभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यलले सहकारीको माध्यमबाट कृषि क्षेत्रलाई जोडनुपर्ने बताए ।
किसानहरुले कृषी क्षेत्रमा लगानि गर्नको लागि क्रण नपाएको गुनासो दिन प्रतिदिन आएको हुदा सहकारीहरुले क्रण को ब्याबस्था गरि किसानहरलाई जोडनु पर्ने बताए ।
साना तथा ठुला सहकारीहरु दिन दिनै खोलिदै गएको हुंदा सहकारी मापदण्ड बजनायर बनायर डुला र बृहत सहकारी निमार्ण गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष दिपक अधिकारीले बिगतको तुलनमा सहकारीमा सेयर सदस्यहरु बढदै गएको बताए । गत बर्षको तुलनमा भन्दा यो बर्ष धेरै बढेको उनले जानकारी गराए ।
कार्यक्रममा पूर्ब उपाध्यक्ष एम कान्त गैरे , उपाध्यक्ष भुपती गैरे ,दिपक कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सस्थाका अध्यक्ष दिपक अधिकारीको अध्यक्षयता र सचिब कौशल राज गैरेको सन्चालनमा सम्पन्न भएको थियो ।