डिएसपी थापालाई बुटवल सुनचादी व्यवसायी संघले ग¥यो स्वागत

 

 

बुटवल/ बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव निरिक्षक दानबहादुर थापालाई एक कार्यक्रमकावीच स्वागत तथा सम्मान गरेको छ ।
संघका अध्यक्ष गकुल बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै व्यवसायीहरुले सुनचादी व्यवसायमा पछिल्ला समयमा देखिएको असहज अवस्था र सुरक्षाको चुनौतीका बारेमा जानकारी गराउदै शान्तिपूर्ण रुपमा व्यवसाय गर्ने बातावरण बनाउन आग्रह गरेका थिए । उनीहरुले प्रहरी प्रशासनबाट भैरहेको सहयोगलाई धन्यवाद दिदै वजारमा हुन सक्ने चारीका घटनालाई शुक्ष्म रुपमा निगरानी गरि अप्रिय घटनाहरु हुन नदिन अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रहरि नायब उपरिक्षक दानबहादुर थापाले व्यवसायीहरुको सुरक्षाको जिम्मा प्रहरीले बोकेको भएपनि त्यसमा सबैको सहयोग र निगरानी जरुरी रहेको भन्दै कुनै पनि प्रकारको अनुचित कार्यलाई प्रोत्साहन नगर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सल्लाहकार सुरेसरत्न बज्रचार्य, इन्द्र रिजाल, रामलाल बिश्वकर्मा, संस्थाका पुर्ब अध्यक्ष किसोर सुनार, सुनचादि व्यवसायी महासंघका प्रदेस सहसचिब हरि बिश्वकर्मा, व्यवसायीहरु हरि बिश्व्कर्मा, किसोर सुनार, कृष्ण बहादुर सुनार, लगायत बोल्नु भएको थियो । कार्यक्रममा स्वागत संघका उपाध्यक्ष मिलन सुनारले गर्नु भएको थियो ।