डार्सिसको नयाँ सो–रुम बुटवलमा

विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड सामान एकै ठाउमा

 

 

बुटवल/डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार ट्राफिक चोकमा आधुनिक साजसज्जाका साथ सो–रुप सञ्चालनमा ल्याएको जनाएको छ ।
करिव दश वर्ष अगाडी राजमार्ग चौराहामा विभिन्न सामानहरुसहितको सोरुम सञ्चालन गरेको डार्सिसले यस शुक्रवारबाट चस्मा, घडी र पर्फयुम(सेन्ट) मात्र राखेर नया ढंगले सोरुम सुरु गरेको सञ्चालक विकास पाण्डेले जनाएका छन् । पाण्डेका अनुसार बुटवलमा डार्सिस सोरुममा विश्व चर्चित रे–वन, टाईटन, सिको, पोलार तथा फोसिल कम्पनिका घडी, सन ग्लास र पर्फयुमहरु राखिएको छ । उनका अनुसार विदेश गएर आएका र स्वदेशमा रहेका उपभोक्ताहरुलाई व्राण्डेड कम्पनिका सामानहरु सहजै रुपमा उपलब्ध गराउने लक्ष्य लिएर उक्त सो रुम खोलिएको हो ।


यस क्षेत्रमा ती कम्पनिहरुको एक मात्र आधिकारिक डिलरका रुपमा सञ्चालनमा आएको सो–रुममा न्यूनतम रु. १४ हजारदेखि ६० हजारसम्म मुल्यका रे–वनका सन ग्लासहरु रहेको पाण्डेको भनाई छ । सो रुममा अन्य कम्पनिका पनि ओरजिनल सामान मात्र राखिएको उनको भनाई छ । वजारमा व्राण्डेड सामान प्रयोग गर्न चाहाना राख्ने उपभोक्ताहरुलाई चिन्न र पाउन गाहे पर्ने आवस्थालाई आफ्नो सो–रुमले सहजिकरण मात्र गर्ने काम गरेको पाण्डे बताउछन् ।
बुटवलमा होटल, हुक्का व्यवसाय पनि चलाइरहेको डार्सिस घडी र चश्मालाई व्यवस्थित रुपमा वजारीकरणमा लागेको सञ्चालक पाण्डे बताउछन् । उनका अनुसार बुटवलका उपभोक्ताहरुलाई कतिपय ब्राण्डेड सामान किन्नका लागि काठमाडौं वा इन्डियामा पुग्नु पर्ने बाध्यता रहेको देखेर त्यसलाई सहजीकरण गर्न डार्सिसले विगत १० बर्ष अगाडीबाट काम थालेको हो ।


नयाँ सञ्चालनमा आएको सो–रुममा हाल करिव डेढ करोडको लगानी भएको र उपभोक्ताहरुको चाहाना एवं आवश्यक्ता अनुसार लगानी गर्दै जाने पाण्डेले बताएका छन् । नेपालमा यी कम्पनिहरुका आधिकारिक डिलरहरु काठमाडौं, पोखरा र बुटवलमा मात्र रहेको उनको भनाई छ ।