अमेरिकामा रहेका नेपालीद्धारा आर्थिक सहयोग

फोटो : स्रोत गुगोल

तिलोत्तमा, चैत ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ प्रदीपनगर निवासी दिनानाथ पाण्डेकी छोरी खुशी पाण्डेको उपचारमा सहयोग पुर्याउन अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । अमेरिकाको जर्जियाबाट नारायण चालिसे तथा जयलाल शर्माको पहलमा संकलन गरिएको एक लाख उनान्सय हजार छ सय तेह्र रुपैंयाँ परिवारलाई हस्तान्तरण गरिएको हो । तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित ११ वर्षीय खुशीको उपचारको क्रममा केही दिनअघि निधन भएको छ ।

स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोग गर्नेहरु जयलाल शर्माले १०५, बिष्णु रेग्मी ५१, खिम कुँवरले ३१, खेम पौडेलले ५१, संजय ढकालले ५१, बाबुराम रिजालले ५१, राम खत्रीले ५१, होम थापाले ५१, प्रेम कुँवरले ५१, भबिन्द्र बस्नेतले ५१ डलर गरेका छन् ।

यस्तै हरि भण्डारीले ५१, प्रेम न्यौपानेले ५१, नारायण चालिसेले ७५, कपिल काफ्लेले ५१, बिकास घिमिरेले ३१, केशब शर्माले ५१, राजु बोहराले ५१, मधु थापाले ५१, भानु लम्सालले ५१, दामु दंगोलले ५१, किसान न्यौपानेले ५१, कमला सिन्धीले ३०, बिराज ढकालले ५१, खेम भन्डारीले ३१, सरोज नेपालले ६१, बिकास ढकालले ६१ सुर्य लम्सालले १०१ डलर सहयोग गरेका हुन् । यसैगरी चोला भन्डारीले ३१, हरि खनालले ३१, रक्षा पोख्रेलले नेपाल २०, मोनिका खत्रीले २०, अनु भट्टराईले २१, नम्रता शर्मा खनालले २०, शितल रेग्मी पौडेलले २१, देब कला घिमिरे रेग्मीले २१ तथा क्रिकेट समुहबाट एकमुष्ठ १०५ डलर सहयोग गरेका छन् ।