भैरहवामा जारी क्रिकेट प्रतियोगितामा बुटवल ११ विजयी

भैरहवा, फागुन १९ गते । भैरहवामा जारी सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ ।
बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्दै विजयी भएको हो ।बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्दै विजयी भएको हो ।
सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा २ सय ६५ रनको योगफल बनायो । उसका लागि इशान पाण्डेले शतकीय पारी खेल्दै १ सय २ रन बनाए । यस्तै, अशोक पौडेलले ६०, विवेक शर्माले १९, हिमाल पुनले १५ र दीपक गौचनले १२ रनको योगदान दिए ।

बलिङमा बुद्धका कमल परियार र अजय त्रिपाठीले २–२ तथा कृष्ण पौडेल, सुरज गुरुङ, विपिन न्यौपाने र अमित अग्रहरीले समान १–१ विकेट लिए ।जवाफी ब्याटिङ गरेको बुद्धले ९ विकेटको नोक्सानीमा २ सय १९ रन मात्रै बनायो र हार ब्यहोर्यो । उसका लागि अर्जुन चौधरीले ४३, मिथलेस यादवले ३३, राकशिुन यादवले नटआउट २५ र सुरज पौडेलले २३ रन बनाए ।बलिङमा बुटवल–११ का इशान पाण्डेले ३, सुदन श्रेष्ठ र हरिबहादुर चौहानले समान २–२ तथा तौसिफ आलम र अशोक पौडेलले १–१ विकेट लिए ।

बुटवल–११ का इशान पाण्डे म्यान अफ द म्याच भई एक हजार रुपैयांबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।
आगमी चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयां, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयां तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार प्राप्त गर्ने छन् ।