अक्सफोर्ड माध्यामिक विद्यालयद्दारा विद्यार्थीलाई स्वागत तथा सम्मान

बुटवल,चैत्र ५ गते । बुटवलमा सञ्चालित अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलले विद्यालय तह पूरा गरि विश्वविद्यालय तह प्रवेश गर्न लागेका विद्यार्थीलाई शुभकामना तथा सम्मान गरेको छ ।
कक्षा ११ का विद्यार्थीले आजोजना गरेको कार्यक्रममा कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीलाई ड्रिमल्यान्ड होटल मणिग्राममा कार्यक्रम आयोजना गरिएको थियो ।
अक्सफोर्ड माध्यामिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवल शाखा प्रमुख रोमाकान्त तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा माध्यामिक विद्यालयका प्राचार्य दिनेश भुसाल, राष्ट्रिय कलाकार प्रमोद खरेलको विशिष्ट आतिथ्यता, राष्ट्रिय परीक्षा बोर्ड बुटवल शाखा अधिकृत बाबुराम भण्डारी, अक्सफोर्डका प्राध्यापक सुमन भुसाल ,क्याम्पस प्रमुख मनोज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,अक्सफोर्ड माध्यामिक विद्यालय सञ्चालक समिति सदस्य ललित खरेल,लेखा समिति संयोजक रोषराज भण्डारी, प्राध्यापक दिवाकर रेग्मी, थानेश्वर भण्डारी ,गोविन्द गौतम, सन्जय मरासिनी, मायां घिमिरे, नारायण सापकोटा ,अक्सफोर्ड माध्यामिक विद्यालय लेखा समिति संयोजक रोषराज भण्डारी ,प्राध्यापक वीरबहादुर क्षेत्री,धर्म पौडेल,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीले कक्षा १२ को परीक्षाको तयारी गरेका विद्यार्थीलाई मायांको चिनो प्रदान गरेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकार तथा अक्सफोर्ड विद्यालयको गीतका गायककार प्रमोद खरेलले विभिन्न गीतहरूबाट मनोरञ्जन दिउका थिए ।
उक्त कार्यक्रममा खेल सप्ताह तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियोे ।
करिब ३ हजार ५ सय विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीले आआफ्ना नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका रोमाकान्त तिवारीले अक्सफोर्ड माध्यामिक विद्यालय राष्ट्रकै उत्कृष्ट विद्यालयको रूपमा पहिचान बनाउन सफल भएको भन्दै थप गुणस्तरीय शिक्षामा ध्यान दिन सुझाव दिए ।
विद्यालयका प्राचार्य दिनेश भुसालले विगत केही बर्षदेखि अक्सफोर्ड माध्यामिक विद्यालयले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गर्दै यसको गरिमालाई जोगाउन आफुहरू निरन्तर लागि परेको बताए ।
प्राध्यापक सुमन भुसालले प्राध्यापक, विद्यार्थी तथा अभिभावकको मिहिनेतको कारण छोटो समयमै अक्सफोर्ड माध्यामिक विद्यालयले राष्ट्रमै उत्कृष्ट बन्न सकेको दावी गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा अमुल्य योगदान गर्नुहुने प्राध्यापकहरू महेश शर्मा ,केशव भट्टराई ,कृष्णप्रसाद पाण्डे ,लक्ष्मण घिमिरे विष्णु बस्याल ,विपत चौधरी,थानेश्वर भण्डारी,दिवाकर रेग्मी ,प्रदिप ज्ञवाली ,झविन्द् मरासिनी ,थानेश्वर भण्डारी ,सन्जय मरासिनी,गोविन्द गौतम,राजकुमार पाण्डे ,सुशील खनाल ,विष्णु खनाल,अनिल न्यौपाने र बालकृष्ण पोखरेललाई दोसल्ला,मायाको चिनो तथा प्रमाणपत्रले सम्मान गरिएको थियोे ।
त्यस्तै १० बर्ष भन्दा लामो समय सेवा गर्ने प्राध्यापक रामेश्वर ज्योती,वीर बहादुर क्षेत्री तथा कर्मचारीहरू तेज बहादुर आले, विष्णु बहादुर सिञ्जाली र ज्ञानबहादुर थापालाई दोसल्ला, प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियोे ।
प्राध्यापक नारायण सापकोटाले कविता मार्फत विद्यार्थीलाई शुभकामना ब्यक्त गरेका थिए ।
प्राध्यापकद्वय विष्णु खनाल, वीरबहादुर क्षेत्री तथा विद्यार्थीद्वय प्रशान्न केसी, सुदीक्षा भट्टराई लगायतले कार्यक्रम सञ्चालन गरेका थिए ।