साताव्यापी कार्यक्रमका साथ रुपन्देहीमा राष्ट्रिय सहकारी दिवस मनाउने तयारी

बुटवल, चैत्र ११ गते । रुपन्देहीका सहकारीहरुले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् । जिल्ला सहकारी संघ, रुपन्देही बचत तथा ऋण सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लगायतका सहकारीसंग सम्बन्धित विभिन्न १२ वटा संस्थाको आयोजनामा राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमको आयोाजना गरी राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय सहकारी दिवस मूल आयोजक समितिका संयोजक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी यही चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको जानकारी गराएका छन् । रुपन्देहीको देवदहमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरिएको संयोजक तुलाचनले वताए ।
रुपन्देहीका ४५ वटा सहकारीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरेका छन् ।

उक्त ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलको समेलारमा सरसफाई, निवन्ध लेखन प्रतियोगिता, तिलोत्तममा महिला शसक्ति करणका लागि उद्घोषण तालिम, सेमलारमा सहकारी शिक्षा तालिम, रक्तदान र शैक्षिक समाग्री वितण गरने छ ।

रुपन्देहीको तिलोत्तममा वित्तिय साक्षर तालिम, बुटवलमा खाद्यान्न वितरण, अन्तर सहकारी रनिङशिल्ड हाजिर जवाफ प्रतियोगिता, सहकारीको विषयमा देवदहमा क्षमता अभिवृद्वि तालिम, सरसफाई, सिद्वार्थनगर भैरहवामा सहकारी शिक्षा तालिम र रक्तदान सम्बन्धी सामाग्री वितरण, शुद्दोधनको मानपकडीमा सरसफाई कार्यक्रम र सहकारी खेलकुंद प्रतियोगिता गरिने छ ।

त्यस्तै सैनामैनामा घरेलु हिंसा सम्बन्धी अभिमुखिकरण तालिम, सहकारीका विषयमा छलफल लगायतका विषयमा रुपन्देहीका विभिन्न ठाउंमा साताव्यापी कार्यक्रम गरिने सहकारीसंघ रुपन्देहीका सञ्चालक गंगालाल सापकोटाले जानकारी गराएका छन् ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य सन्दीप सापकोटाले नागकि तहबाट खुलेका र सञ्चालनमा आएका सहकारीमा समस्या नभएको उल्लेख गर्दै सत्ता, शक्ति र पहुंचको भरमा खुलेका सहकारीहरुमा समस्या रहेको बताए ।

प्रदेश बचत सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सहकारीका लागि तीनै तहका सरकार बाधक रहेको दाबी गर्दै सकारी सञ्चालन गर्न दिने तर अनुगमन नगर्दा सहकारीहरुमा समस्या देखिएको बताए ।

जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनको अध्यक्षता र वसन्त ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।