अन्नपूर्ण साकोसको आयोजनामा निशुल्क स्वाश्थ्य शिविर

 

 

बुटवल/६६ औं सहकारी दिवशका अवसरमा अन्नपूर्ण बहुउद्देश्यि सहकारी संस्था लिमिटेड, बुटवल ७ दिपनगरले निःशुल्क स्वाश्थ्य, आखाँ तथा ल्याब परिक्षण शिविर सम्पन्न गरेको छ ।


शिविरमा सहकारीका सदस्यहरुलाई सो सेवा प्रदान गरिएको थियो । शिविरमा करिव ६ सय जनाको स्वाश्थ्य तथा आखा परिक्षण गरिएको जनाइएको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सघका उपाध्यक्ष डोलराज अर्यालले मानव स्वाश्थयलाई ध्यानमा राखेर आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्नै लक्ष्यसहित स्वाश्थ्य शिविर राखेकोमा आभार व्यक्त गर्दै सहकारीहरुले सामाजिक उत्तरदायित्वलाई सधै प्राथमिकतामा राख्न जोड दिनु भयो ।
उहाले पछिल्लो समयमा सहकारीमा देखिएका समस्या केहि प्रायोजित र केही नियोजित रुपमा भएको उल्लेख गर्दै सहकारीको मुल्य, मान्यताबाट बाहिर नगएर वचत सुरक्षामा लाग्न आग्रह गर्नु भयो ।


सहकारी संस्थाका अध्यक्ष बालकृष्ण बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा जेनोमिक डायग्नोस्टिक ल्याब्रोरेटोरी प्राली, बुटवलको प्राविधिक सहयोगमा भएको शिविरमा होलवडी चेकअप तथा थाइरोइड चेकअपमा छुट प्रदान गरिएको थियो ।