उद्योग संघका अध्यक्ष पौडेल स्विजरल्याण्ड जादै

 

 

बुटवल/रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल इन्स्योर प्रोग्राम अन्तरगत स्विजरल्याण्डको भ्रमणमा जान लाग्नु भएको छ । स्विजरल्याण्ड जान लाग्नु भएका अध्यक्ष पौडेललाई शनिवार संघमा एक कार्यक्रमकावीच विदाई गरिएको थियो ।
अध्यक्ष पौडेललाई संघका निर्वतमान अध्यक्ष बाबुराम बोहोरा, सल्लाहाकार समितिका संयोजक एवं पूर्वअध्यक्ष दिनेशराज रेग्मी, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा लगायतले खादा र माला लगायर विदाई गर्नु भएको थियो ।
त्यस अवसरमा अध्यक्ष पौडेलले औद्योगिक विकासका लागि आवश्यक सिप र क्षमता बृद्धिका लागि आवश्यक तालिम सञ्चालन गर्ने उद्देश्यले परियोजना अगाडी बढाएको बताउनु भयो । सञ्चालनमा रहेका परियोजनाका बारेमा जानकारी लिने उद्देश्यले संस्थागत प्रतिनिधित्व गरि भ्रमण गर्न लागिएको बताउदै अध्यक्ष पौडेलले त्यसबाट नया कुराको सिकाई हुने विश्वास व्यक्त गर्नु भयो ।


भ्रमण टोलीमा निजि क्षेत्रको संस्थागत प्रतिनिधित्व गर्दै रुपन्देही उद्योग संघबाट अध्यक्ष पौडेल जान लाग्नु भएको छ भने नेपाल सरकारकातर्फबाट उद्योग मन्त्रालय, उद्योग विभागका प्रतिनिधि रहने बताइएको छ ।
स्विस सरकारको सहयोगमा सञ्चालित परियोजना अन्तरगत दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) को सहकार्यमा रुपन्देही उद्योग संघले क्षमता विकास तालिमहरु सञ्चालन गर्दै आएको छ ।
यसैवीच संघको शनिवार बसेको कार्यसमितिको नियमित बैठकले पछिल्ला दिनहरुमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको प्रति चिन्ता व्यक्त गरेको छ प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्नुकासाथै जनजिवन प्रभावित भएकोतर्फ सबै सचेत बनेर प्रदुषण कम गर्ने उपाय अवलम्बन गर्न आग्रह गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताउनु भयो ।