उत्पत्तिको प्रमाणपत्र हस्तान्तरण कार्यक्रम

निकासी प्रर्वद्धनमा थप टेवा पुग्ने विश्वास

 

 

बुटवल/रुपन्देही व्यापार संघले आफु यस क्षेत्रबाट निकासीका लागि प्राप्त उत्पत्तिको प्रमाणपत्र वितरण अधिकारलाई व्यवसायीहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा उत्पादित सामाग्री भारत निकासी गर्न आवश्यक स्वीकृतीका लागि प्रक्रिया पुरा गर्न प्रदान गरिने अधिकार उत्पत्तिको प्रमाणपत्र दिने काम संघले रुपन्देही व्यापार संगठनसंग सहकार्य गरि अगाडी बढाउने लक्ष्य र सहमति अनुसार प्रमाणपत्र वितरण गरिएको हो । संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संगठनका अध्यक्ष अनिल ज्ञवालीलाई एक समारोहकावीच मंगलवार बुटवलमा प्रमाणपत्रहरु हस्तान्तरण गर्नु भएको थियो । दुई संस्थावीच यस क्षेत्रमा उत्पत्तिको प्रमाणपत्र दिने काम संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।


त्यस अवसरमा बोल्दै रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायीक गतिविधि अगाडी बढाउन र निकासी प्रर्वद्धनका लागि उत्पत्तिको प्रमाणपत्र वितरण गर्न पाउनु संस्थाको लागि निकै महत्वपूर्ण क्षण भएको बताउनु भयो ।
उहाले केही सिमित संस्था र समुहलाई प्राप्त सो अधिकार अन्यले पनि पाउन सक्नु संस्थागत स्थायित्वको प्रमाण भएको बताउदै अबा त्यसलाई व्यवसायीहरुले सरल र सहज रुपमा धेरैभन्दा धेरै प्रयोग गर्ने बातावारण सिर्जना गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल चेम्वर अफ कर्मर्शका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेलले चेम्वरमा आवद्ध व्यवसायीक संघसंस्थाहरुलाई वलियो र व्यवसायीक हितमा काम गर्न उत्प्रेरित गर्नका लागि यो अधिकार दिएको बताउनु भयो । उहाले त्यसलाई यस क्षेत्रका उद्योगी व्यवसायीहरुको हितमा उपयोग गर्न सुझाव दिनु भयो ।


रुपन्देही व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले केही संस्थाहरुले अन्य संस्थाहको अस्तीत्वलाई अस्विकार गर्ने प्रवृतिलाई तोडने काम उत्पत्तिको प्रमाणपत्रमाथि एकाधिकारको अन्त्यले गरेको धारणा राख्दै त्यसको सहि सदुपयोग गर्ने प्रतिपद्धता व्यक्त गर्नु भएको थियो । त्यसैगरि संगठनका निवर्तमान अध्यक्ष नारायण भण्डारीले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले सहज रुपमा आफ्ना उत्पादन भारत पठाउन सक्ने अवस्था सिर्जना गर्ने काममा रुपन्देही व्यापार संघ र रुपन्देही व्यापार संगठनले एतिहासिक अधिकार प्राप्त गरेको भन्दै खुशी व्यत्तब्m गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले लामो प्रयासपछि मात्र उत्पत्तिको प्रमाणपत्र दिने अधिकारी पाएको उल्लेख गर्दै अब त्यसलाई बढीभन्दा बढी प्रयोग गर्ने जिम्मेवारी काधमा आएको धारणा राख्नु भयो ।
कार्यक्रम संघका सचिव फर्सुराम पन्थको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागतमा भएको थियो ।