शुक्रबारसम्म सरकार– विना विभागीय मन्त्री पाण्डेय

  बुटवल, बैशाख २६ गते । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री सन्तोष पाण्डेले यही शुक्रवार भित्रै सरकारले पूर्णता पाउने दावी गरेका छन् ।
सरकार गठनका लागि केही ढिलाई भएको स्वीकार गर्दै उनले अब ढिला नहुने र शुक्रबार भित्रै सरकार बन्ने बताए ।
रिपोर्टर्स क्लव लम्बिनीले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने – लुम्बिनी प्रदेशमा जनताले अनुभव गर्ने गरी काम गर्ने टिम सहितको सरकार बन्छ ।

शुसासन र दिगो विकासको अवधारणासहित सरकार अघि बढ्ने दावी गर्दै संघीयतालाई पूर्णरुपमा कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्णअधिकार दिनुपर्ने उनको तर्क छ ।
सरकारले नीति नियमलाई पालना गर्ने प्रतिवद्वता जनाउंदै सरकारले आम नागरिकलाई सुशासनको प्रत्याभुति दिलाउने उनकोदावी छ ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुलुकमा कानुनी राज्यको पूर्णपालना हुनुपर्ने बताए । उनले नेकपा एमाले कानुनी राज्यको पूर्णपालना र सुशासनको पक्षमा रहेको बताउंदै भष्ट्रचारीलाई संरक्षण गर्न नहुने बताए ।

नेपाली कांग्रेसकी नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताको हकहितमा काम गर्नुपर्ने बताइन ।

अधिवक्ता डा. दिनेश त्रिपाठीले नक्कली शरणार्थी दोषी ठहर भए कारवाही दायरामा ल्याउनुपर्र्ने बताए ।
नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारी कति भष्ट्र छन् भन्ने प्रष्ट भएको उल्लेख गर्दै अधिवक्ता त्रिपाठीले भने –मुलुकलाई सही बाटोमा लैजान नागरिकले खवरदारी गर्नुपर्छ ।