एमाले युवा संघले रचनात्मक कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउने

बुटवल, जेठ १ गते । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफुल बितरण तथा नेपाल अपांग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम गगरिने छ ।


कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सदस्य नकुल शाही ठकुरीले युवाहरु राजनीतिमा मात्र नभएर समाज परिवर्तनसंगै सामजिक कार्यक्रमा पनि सक्रिय हुनुपर्ने बताए ।
स्थापना दिवसको अवसरमा गरिब दुखी अनाथ असायलाई केही सहयोग मिल्ला भनेर संगठले सहयोग गरेको बताए ।

युवा सघ, नेपालका केन्द्रीय सदस्य बुद्धिराज थापाले युवा संघले स्थापना दिवसको अवसरमा देशभर विभिन्न खालका रचनात्मक कार्यक्रम गरेको बताए ।
युवाहरु राजनीनिमा मात्र नभएर सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्छ उनले भने ।

युवा सघ, नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतले स्थापना दिवसको अवसरमा रुपन्देहीका १६ वटा स्थानीय तहमा बिभिन्न खालका कार्यक्रम गरिने बताए ।
पहिलो दिन फलफुल बितरण तथा अपांग आश्रममा खाना खुवाईएको र साझ दीप प्रज्वलन गरिने जानकारी गराए ।

अध्यक्ष बस्नेतका अनुसार भोलीदेखि रुपन्देहीका सबै स्थानीय तहहरुमा शिक्षा,स्वास्थ्य तथा खेलकुंदका बिभिन्न कार्यक्रमहरु एक हप्तासम्म सन्चालन गरिने छ ।
कार्यक्रममा युवा सघ नेपालका केन्द्रीय सदस्य मनोज गौचन, किरण नेपाल, युवा सघंका विज्ञ सल्लाहाकार दिनानाथ भट्टराई, प्रदेश सदस्य कृष्ण कुमाल, सदस्य इश्वर न्यौपाने, जिल्ला सहसचिब नवराज थापा लगायतले बोलेका थिए ।

युवा संघ, नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतको अध्यक्षता, सचिव दिपेश कडेलको सन्चालन र उपाध्यक्ष दीपक खड्काको स्वागतमा कार्यक्रम भएको थियो ।