रुपन्देही सैनामैनाको ऐलानी वस्तीमा रोकिएन अवैध उत्खनन्

बुटवल, जेठ ६ गते । रुपन्देहीको सैनामैनामा ऐलानी वस्तीको जग्गाबाट अवैध रुपमा माटो तथा ढुंगा उत्खनन् भैरहेको छ । सैनामैनाका केही वडाका ऐलानी जग्गामा खेती गर्ने नाममा माटो तथा ढुङगा उत्खनन् गरी विक्री गरिएको छ ।

राजश्व बढाउने उद्वेश्यले अधिकार नै नभएका वडाहरुले अनुमति दिई ऐलानी जग्गाबाट धमाधाम उत्खनन् भैरहंदा पनि सम्बन्धी निकाय मौन छ ।

सैनामैना वडा न.६ स्थित सुखौरा शान्तिपुर निवासी श्याम सोमरेले जोतभोग गर्दै आएको ऐलानी जग्गाबाट निकालेको अवैध ढुंगा गायव पारिएको छ ।

केही महिना अघि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, ईन्जिनियर सुरज न्यौपाने, अरुण खनाल, सुचना अधिकारी केशव अर्यालसहित पत्रकार सहितको टिमले खेती बनाउने बहानामा अवैध रुपमा उत्खनन् गरेको ढुङगालाई नियन्त्रणमा लिएको थियो ।तर,नगरपालिकाले छड्के गरेको दुई महिना नपुग्दै डम्पीङ गरी  राखिएको ढुंगा गायब पारिएको छ ।

करिब १० लाख बढी मुल्यपर्ने ढुंगा जेसिवी,टिप्पर र ट्याक्टर प्रयोग गरी ओसारपोसार गरी विक्रि गरिएको स्थानीयले बताएका छन् ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नियन्त्रणमा लिएको ढुंगालाई विक्रि वितरण गर्न कसैलाई पनि अनुमति नदिएको बताए ।

अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउने प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईले ऐलानी जग्गाबाट माटो तथा नदिजन्य पदार्थ उत्खनन् गर्न नपाईने र अनुगमन गरेर गलत काम गर्नेहरुलाई कानुनको दायरामा ल्याउने बताए ।