मदिरा उत्पादक कम्पनी राज बु्रअरीले सोलार प्लान्ट परियोजना निर्माण

बुटवल, , जेठ १७ गते । पश्चिम नवलपरासीमा उद्योगमा प्लान्ट जडान गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाइन जोडेर सोलार प्लान्ट रुफटप परियोजना संचालन गरिएको छ । जाउलाखेल ग्रुप अफ इण्डिष्ट्रिजको लगानीमा संचालनमा रहेको राज बु्रअरी उद्योगमा नेपालको बु्रअरी उद्योगमा पहिलो र सबैभन्दा ठुलो सोलार प्लान्ट जडान गरी संचालनमा ल्याइएको हो ।


राज बु्रअरीले सोलार प्लान्टबाट उत्पादन भएको उर्जाले आफ्नो उद्योग संचालन गरी बढी भएको उर्जा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण ग्रिडमा जडान बताईएको छ ।
मदिरा उत्पादक कम्पनी राज बु्रअरीले सिम्पल ईनर्जीसँगको सहकार्यमा उद्योगमा सोलार प्लान्ट रुपटप परियोजना निर्माण गरेको हो । उत्पादित उर्जा उद्योगले खपत मात्र नगरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण ग्रिडमा समेत जडान गरेर उर्जा संकटनलाई केही भए पनि राहात गरेको छ ।

सोलार रुफटप परियोजनाको शुक्रवार जिल्ला समन्वय समिति संयोजक रुदल यादव, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जाउला खेल ग्रपका प्रबन्ध निर्देशक राजबहादुर शाह र कम्पनी ईन्फ्राको एशियाकी चिफ एक्जुकेटिभ अफिसर कलाउदिनी लिमले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्योगलाई आवश्यक पर्ने उर्जाको व्यवस्थापन सोलार प्लान्टबाट गर्ने र कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको उद्योग संचालकले जनाएका छन् । नेपालमा ब्रुअरी उद्योगले यति ठूलो सोलार प्लान्ट लगाएर उर्जा उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्नु महत्वपूर्ण उपलब्धी भएको उद्योग संचालक बताउँछन् ।

कम्पनी ईन्फ्राको एशियाकी चिफ एक्जुकेटिभ अफिसर कलाउदिनी लिमले उर्जा क्षेत्रमा यो प्लान्ट महत्वपूर्ण रहेको जनाइन् । उनले वातावरण जोगाउन धेरै कम्पनीहरुले यस्ता प्लान्ट लगाउनु जरुरी रहेको बताइन् ।

सोलार प्लान्ट रुफटप निर्माता कम्पनी सिम्पल ईनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानले स्वच्छ उर्जा र नाफासँगै राष्ट्रिय अर्थतन्त्रर तथा वातावरण संरक्षणमा महत्वपूणै योगदान दिने विश्वास व्यक्त गरे । प्लान्ट वातावरणमैत्रीसँगै बहउपयोगी रहेको र टिकाउ हुने उनले जनाए ।

उर्जा उत्पादनका लागि अत्याधुनिक १ हजार २१० वटा प्यानल जडान गरिएको सोलार प्लान्ट परियोजनाको क्षमता दैनिक ५ सय किलोवाट उर्जा उत्पादन गर्ने छ । कम्पनीका अनुसार प्लान्टबाट वार्षिक ८४० मेघावाट स्वच्छ उर्जा उत्पादन हुनेछ । ३ अर्ब ५० करोड रुपैयाँ लगानी भएको राज ब्रुअरीमा करोड लगानीमा सोलार पलान्ट जडान गरिएको हो ।
प्लान्टबाट २५० किलोवाट उर्जा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय ग्रिडमा पठाउन सकिने छ ।

प्लान्टले लोडसेडिङका बेला डिजल प्रयोग गरी जेनेटर चलाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने छ । जसले गर्दा वार्षिक रुपमा ३९ टन कार्बन रिडक्सन गर्ने सहयोग पुग्ने बताइएको छ ।